शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा दादुरा, रुवेला खोप अभियान संचालन हुदै

बाजुरामा दादुरा, रुवेला खोप अभियान संचालन हुदै

  • मङ्लबार, जेष्ठ १६, २०८०
बाजुरामा दादुरा, रुवेला खोप अभियान संचालन हुदै

बाजुरा– बाजुरामा दादुरा, रुवेला खोप अभियान सूरु हुने भएको छ । रोग रोकथाम तथा निणन्त्रण लागी दादुरा प्रकोप हटाउन सो अभियान संचालन हुने भएको हो । जिल्लाभर दादुरा रुवेला खोप अभियान संचालनका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन । दादुरा रुवेला खोप अभियान संचालन गर्नका लागी मंगलबार देखी स्वास्थ्यकर्मीहरुसंग तिनदिने अभिमुखीकरण तालिम संचालन गरिएको कार्यालय प्रमुख चन्दले बताए ।
स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा युनिसेफ,वाटरेट र बिस्व स्वास्थ्य संगठनको समन्वय तथा सहकार्यमा जिल्ला सदरमुुकाम मार्तडीमा स्वास्थ्य कर्मिहरुलाई तिन दिन सम्म प्रशिक्षण दिइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।
तिनदिन सम्म स्वास्थ्यकर्मिहरुलाई प्रशिक्षण दिइसकेपछी जिल्लाका नौं वटै पालिकामा खोप अभियान संचालन गरिने जनस्वास्थ्य अधिकृत चन्दको भनाई रहेको छ । बाजुरामा अहिले सम्म ७५ प्रतिशत मात्र खोप पुगेको र बाकीँलाई यो अभियानमार्फत पुरा गर्ने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको चन्दले बताए ।
जिल्ला समन्वय समितीका प्रमुख तथा जिल्ला खोप समितीका अध्यक्ष तुलसीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमिल्सेना, नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंह, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार