शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा मध्यराति २ ठुला र साना गरि ६ भूकम्प गए

बाजुरामा मध्यराति २ ठुला र साना गरि ६ भूकम्प गए

  • शुक्रबार, बैशाख १५, २०८०
बाजुरामा मध्यराति २ ठुला र साना गरि ६  भूकम्प गए

बाजुरा बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६  पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा  रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा गएकाे भुकम्प बाजुरा सदरमुकाम नजिकै बडीमालीका नगरपालिका ७ ढम्कनेमा रहेकाे जनाएकाे छ । त्यसै गरी राती २ बजेकाे भुकम्पकाे केन्द्रबिन्दु हिमाली गाउँपालिकामा रहेकाे जनाएकाे छ ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार