सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज

मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज

  • बुधबार, बैशाख १३, २०८०
मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज

मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ ।
अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

२०५२ सालमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै पालामा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम र ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार