मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाचार
  • तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

  • सोमवार, बैशाख ४, २०८०
तुलसीपुरमा सशस्त्रका सहायक हवल्दारले चलाए आफैंमाथि गोली

दाङ– दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए । उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए । यसअघि उनी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए । घटनाबारे अनुसन्धान भैइरहेको डीएसपी मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार