• होमपेज
  • समाचार
  • सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा आपत्ति छैन : बालेन शाह

सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा आपत्ति छैन : बालेन शाह

  • बिहिबार, चैत्र ३०, २०७९
सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा आपत्ति छैन : बालेन शाह

काठमाडौँ — काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न भनेका छन् ।
बिहीबार मध्यान्ह सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट अन्यत्र सार्दा कुनै आपत्ति नहुने बताएका छन् ।’कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्,’ उनले लेखेका छन् ।

आफूहरूलाई राजनीति नभई सम्पदा, संस्कृती , कला र सभ्यता चाहिने उनले बताए । ‘हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन,’ मेयर शाहले भनेका छन् ।

सरकारले काठमाडौँ महानगरका माग सम्बोधन नगरेको भन्दै मेयर शाहले सिंहदरबारको फोहोर उठाउन रोक लगाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार