बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • साँफे-मार्तडी सडकखण्ड अन्तरगत बैकल्पिक सडककाे ट्रयाक खाेल्ने काम सम्पन्न

साँफे-मार्तडी सडकखण्ड अन्तरगत बैकल्पिक सडककाे ट्रयाक खाेल्ने काम सम्पन्न

  • मङ्लबार, चैत्र २८, २०७९
साँफे-मार्तडी सडकखण्ड अन्तरगत  बैकल्पिक सडककाे ट्रयाक खाेल्ने काम सम्पन्न

बाजुरा– बाजुराको साँफे-मार्तडी सडक खण्ड अन्तरगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । बुढिगंगा नगरपालिकको प्रयासमा बैकल्पीक सडक खोल्ने कार्यकाे थालनी गरिएकाे थियाे। चार बर्ष पछि वैकल्पिक मार्ग निर्माणको कामकाे सुरुवातीले जिल्ला बासीमा केही आशाको तरंग फैलिएको छ ।
पुरानो मार्ग चार बर्ष देखी बर्षातमा चार देखी पाँच महिना सम्म सडक अबरोध हुने भएकाले बुढिगंगा नगरपालिकाको पहलमा सडक बिभागले बैकल्पिक मार्ग खोल्न शुरु गरेको थियो । हरेक बर्ष बर्षाको समयमा साफेँ मार्तडी सडक अबरोध भई सदरमुकाम सम्मको आवतजावतमा समस्या हुँदै आएकोमा अव बैकल्पीक मार्गले सहजता हुने बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताए ।
बुढिगंगा नगरपालिकाको पहलमा सडक डिभिजन कार्यलय साँफेबगर अछामले गत साउन २३ गते बैकल्पिक सडक खोल्नका लागि काम शुरु गरेको भए पनि बिभिन्न समस्याका कारण केही ढिलो भएको नगर प्रमुख बानियाले बताए ।
बुढिगंगा नगरपालिका वडा न १ अन्तर्गत ,बल्दे अमकोट सडक खण्डको बैकल्पिक मार्गको कटिङ्गको काम सम्पन्न भएको छ । अब यसको दीर्घकालीन समाधान गर्न स्तराेन्नती लागि विभिन्न प्रयास जारि रहेको र सडकको स्तराेन्नती गर्न प्रदेश सरकार र संघिय सरकारको आबस्यक सहयाेग रहने नगर प्रबक्ता हेमराज जोशीले बताए । अझै बर्साद लाग्न दुई महिना बाकी छ यो समयमा सबैले आ आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरि सडक निर्माण तथा स्तराेन्नतीमा लाग्न अनुरोध नगर प्रबक्ता जोशीले अनुरोध गरेका छन । अव जिल्ला बासिले ४ महिना सडक अबरुद्ध भई दुःख र सास्ती ब्यहोर्नु नपर्ने उनले बताए । साे काम प्रतिक निर्माण सेवा बाजुराले गरेकाे थियाे । र परिक्षणका लागि पनी कार्य भइरहेकाे प्रतिक  सेवाका प्राे प्राइटर जनम धामीले बताए ।
बैकल्पीक मार्गका लागि सहयोग गर्ने सबैलाई नगरपालिकाले धन्यबाद समेत ब्यक्त गरेको छ । सो सडकको बैकल्पीक मार्गको स्तरउन्नती गर्न नगरपालिका संग श्रोत नहुने र सघिंय सरकारले सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
जिल्ला समन्वय समितिका सभापति तुलसिराम रोकायाले ९ महिना पहिला रिवन काटेर उद्धघाटन गरेका थिए ।  उद्धघाटनको बेला एक सातामा खोलि सक्ने भनिए पनि बिभिन्न समस्याका कारण ढिलो भएको नगरपालिकाले जनाएको छ ।
गत साउन १७ गते बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्ष पछि वैकल्पिक बाटो निर्माणको काम अघि बढाएको थियो ।

बैकल्पिक मार्ग साढे ४ किलोमिटर रहेको छ । बर्षातमा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, हुम्ला र मुगु जिल्लाका बासिन्दा सडक सञ्जाल बाट बिच्छेद हुदै आएकोमा अव सो समस्या नहुने नगरपालिकाले जनाएको छ ।
बिक्रम सम्बत २०७६ साल देखी बर्षातको चार महिना सडक अबरोध हुदै आएको छ । २०७७, २०७८ र २०७९ सालमा बर्षातको समयमा त्यहि ठाँउमा चार महिना सडक अबरोध हुने गरेको छ । हिउँदको समयमा सडक बिभागले सडक बनाए पनि बर्षातमा पहिरोले सडक भासिएर सडक बन्द हुने गरेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खड्काले वताएका छन् ।
बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको करिब १ किलोमिटर सडक उच्च जोखिममा रहेको छ । अम्कोट क्षेत्रमा २०७७ भदौमा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो । भुुगर्वविध आएर पनि एक चरणमा अध्ययन गरिससकेको छ । त्यहि ठाँउमा सडक बनाएर ल्याउने हो भने ३ अरब पैसा चाहिने सडक बिभागले जनाएको छ । त्यो क्षेत्र बर्षातमा पुणर् रुपमा बन्द हुने भएपनि बैकल्पिक मार्ग खोल्नका लागि राज्यले बेवास्ता गरेको थियो । २०७९ को स्थानिय तहको निर्वाचन पछि बुढिगंगा नगरपालिकामा नगर प्रमुख राम बहादुर बानिया निर्बाचित भएर आइसकेपछि पहिलो कामको सुरुवात बैकल्पीक मार्गबाट सुरु गरेका हुन ।

अब यसको दीर्घकालीन समाधान गर्न सडककाे स्तराेन्नति आवश्यक छ बर्षाद शुरू हुन अझै २ महिना छ, याे समयमा बाजुराबाट निर्वाचित सा‌ंसदहरुले तात्नुपर्ने वेला आएकाे स्थानियले सामाजिक संजालमार्फत सुझाव दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार