शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • पहिरोको चपेटामा डोगडि स्वास्थ्य चौकी, उपचारमा समस्या जोखिममा बिरामीको उपचार

पहिरोको चपेटामा डोगडि स्वास्थ्य चौकी, उपचारमा समस्या जोखिममा बिरामीको उपचार

  • शुक्रबार, चैत्र १७, २०७९
पहिरोको चपेटामा डोगडि स्वास्थ्य चौकी, उपचारमा समस्या जोखिममा बिरामीको उपचार

टेक बहादुर बुढा,  बाजुरा  –       बाजुराको खप्तड छेडेदह गाउपालिका ५ मा रहेको डोगडी स्वास्थ्य चौकी पहिरोको चपेटामा परेको छ । स्वास्थ्य चौकी माथि बाट पहिरो आएपछि स्वास्थ्य चौकीको सेवा नै प्रभाबित भएको डोगडी स्वास्थ्य चौकी इन्चार्ज दल बहादुर रावतले बताएका छन ।
बर्षातको समयमा पाँच महिना स्वास्थ्य सेवा आलु भण्डार घर बाट सेवा सञ्चालन भइरहेको थियो । हिउँदको समयमा पहिरो जान रोकिएपछि स्वास्थ्य चौकी बाट सेवा दिइरहेको गाउँपालिकाले जनाएको छ । बर्षात शुरु हुने बित्तिकै पुन स्वास्थ्य चौकी बाट सेवा दिन नसकिने भएको पालिकाले वताएको छ ।
स्वास्थ्य चौकी सँगै आसपासका दर्जन बढी घर पहिरोबाट जोखिममा रहेका छन् । स्वास्थ्य चौकी पहिरोको चपेटामा बनेपछि बिरामीलाई सेवा दिन निकै असहज भएको छ । स्वास्थ्य चौकीले जोखिममा सेवा दिइरहेको छ । बिरामी चेक जाँच, गर्भवती सेवा, खोप सेवा सञ्चालन गर्नमा निकै समस्या भएको स्वास्थ्यकर्मीले वताएका छन् ।
गएको बर्षातमा बर्षाका कारण डोगडिमा ठुलो क्षति भएको गाउँपालिकाले जनाएको छ । गत असार २४ गते आएको बर्षाले डोगडी स्वास्थ्य चौकी पुरिएको थियो । भवन पुरिएको थियो केही समयका लागि सफा गरेर सेवा सञ्चालन गरेको भएपनि सेवा दिन निकै समस्या भएको ईन्चार्ज दल बहादुर रावतले बताए । पहिरोले भवन पनि पुरै चिरा चिरा परेर भवन पनि जोखिममा रहेको उनले वताए । पहिराले खानेपानि शौचालय बगाएको थियो ।
बिरामीले उपचारको लागि लाईनमा बस्नु पर्ने बाध्यता रहेको ईन्चार्ज रावतले वताएका छन् । बाढी पहिरोले वडामा ठुलो मात्रामा भौतिक क्षति गरेको छ । बाढी पहिरोले स्वास्थ्य चौकी, पार्तोला खेल मैदान र दर्जनौं बढी घरहरु पुरिएका थिए । खप्तडछेडेदह गाउँपालिका अधिकांश सरकारी भवन पहिरोको जोखिममा रहेका छन् । पालिका धेरै बस्ति बर्षातको समयमा सधै जोखिमा हुने गरेका छन् ।
स्थानीय खडक बुढाले भने बर्षातमा आफुले घरमा बस्न नपाएको वताएका छन् । गाउँको बिचमा पहिरो आएपछि बर्षातको चार महिना १२ घरपरिवारले बसाई सारेको वडा अध्यक्ष जित बहादुर रावतले बताएका छन् । धेरै बर्षा भइरहेकाले विपत लाई तत्काल रोक्न नसकिने अध्यक्ष रावतले बताए ।
गएको बर्षातमा समयमा लगातार अविरल बर्षा भईरहेकाले सबै धेरै ठाउँमा धनजनको क्षति हुदै आएको छ तर सरकारले ध्यान दिन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन । बर्षा शुरु सँगै बाजुराका २ सय बढी परिवार पहिराको उच्च जोखिममा रहेका छन् । मार्तडी जोड्ने साँफे मार्तडी सडक बिगत तिन महिना देखी बल्धेमा पुणर्रुपमा अबरोध हुने गरेको छ । मार्तडी कोल्टि सडक खण्डमा ठाउँमा पहिरो गएको छ । बाजुराका स्थानिय सडक पुणर् रुपमा बन्द रहेका छन् ।
फोटो क्यापसन
बाजुराको खप्तड छेडेदह गाउपालिका ५ मा रहेको डोगडी स्वास्थ्यचौकी पहिरोको चपेटामा । No description available.

चर्चामा

सम्बन्धित समाचार