शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कविता – को छैन टुहुरा ?

कविता – को छैन टुहुरा ?

  • बुधबार, चैत्र १५, २०७९
कविता – को छैन टुहुरा ?

कयौँ छ्न म जस्तै टुहुरा बालक कयौँ छन् पल्ला घरे हजुरबुवा जस्तै टुहुरा बिर्ध कसैले आमा गुमाएका छन् त कसैले बुवा गुमाएका छन् ! आखिर हेपिने भनेकै त हामी जस्तै टुहुरा बालक हुन्!

कतिपय ठाउँमा देख्छु टुहुरा बालकहरुलाइ सडकको पेटिमा फालिएका कतिलाइ देख्छु ,काकाकाकी दाइ भाउजुले काममा पेलाइ रहेको वचन सुनाएको,
रुखो बोलेको
छि एक गास खाना दिन पनि,
न राम्रो सँग लेख्न पढ्न पाएको हुन्छ
,न राम्रो लाउन पाएको हुन्छ
पाएको हुन्छ त बस पीडा ”

को छैन टुहुरा?

आखिर कहिले बुझ्ने यो समाजले मैले पनि त बुवा गुमाएको छु मैले पनित आमा गुमाएको छु जस्तो व्यवहार मैले यी बालक हरुलाइ गरि राखेको छु मलाइ पनि मेरा आफन्त हरुले यस्तै ब्यवहार गरे कस्तो होला भनेर!

टुहुरा बालक अलिकती
हँसिला
मिजाशिला
सबै सँग घुल मिल हुन सक्दैन सबैलाइ थाहा छ ,
थाहा हुँदाहुँदै पनि किन हेपिनछन?

यो समाजमा को छैन टुटुहा?

ठिक् छ हामी टुहुरा छैनौं तर हाम्रा बा हाम्रा आमा त टुहुरा छन! कि हामिले आफ्ना आमाबुबा टुहुरा हुन भनेर घर बाट निकाली दिने?

एउटा कुरा ख्याल गर्नुस् जत्ती कुरा टुहुरा बालक ,हरुले भोगेको हुन्छ त्यत्ती कुरा बुझेको पनि हुन्छ!
है एसको त आमा छैन बा छैन कस्ले के भन्ने होर हामिलेत आफ्नो काम टार्नेहो भनेर कहिले काम लाउनु हुन्न! यत्ती सोच्नु पर्छ मेरा पनि त बच्चा छन जिन्दगिको के भर कति खेर हाम्रो पनि सास निस्क्यो भने हाम्रा बच्चाहरुलाइ पनि यस्सरिनै काममा कसैले दलाए कस्तो पीडा होला भनेर !

आखिर हामी सबै टुहुरा नैत हौँ आज छैनौँ भोलि ,भोलि छैनौँ पर्सि कोहि बालक टुहुरा त कोहि बिर्ध टुहुरा आखिर हामी सबै टुहुरा ,भन्नुस् त
को छैन टुहुरा?

पारस भट्ट (प्यासी) मेलौली २ सुन्दर भुमी सेलि बैतडी

चर्चामा

सम्बन्धित समाचार