शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

  • बुधबार, चैत्र ८, २०७९
सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुकाे नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदै छ । केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो ।

सुदूरपश्चिम विश्वविद्यालयकाे आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । यहाँ नेकपा एमाले सम्बद्व अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी ) पार्टीकाे अनेरास्ववियूबीच चुनावी तालमेल भएकाे छ भने अन्य संगठनले एकल उम्मेदवारी दिएका छन् ।

अनेरास्ववियुका यमराज जोशी, नेविसंघका हरिस खत्री, अखिल क्रान्तिकारीका पवन सुनारसहितका ९ जनाकाे उम्मेदवारी छ । स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनाेनयन दर्ताकाे समय भएपनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनाेनयन दर्ता हुन सकेन । केन्द्रीय क्याम्पसले अगामी २१ गते नयाँ मिति तय गरेकाे छ भने अन्य क्याम्पस छलफलमै रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार