• होमपेज
  • समाचार
  • राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने

  • आइतवार, फाल्गुन २८, २०७९
राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो ।

उनी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । उनी २९ गते निजी निवासमा सर्ने तयारीमा छिन् । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।

नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९) गते हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार