• होमपेज
  • समाचार
  • स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गरिने

स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गरिने

  • शनिबार, फाल्गुन २७, २०७९
स्ववियु निर्वाचन : आज प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गरिने

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गर्ने कार्यक्रम छ।

साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ। स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

चर्चामा

सम्बन्धित समाचार