• होमपेज
  • कला /साहित्य
  • कबिता : मुक्ति आएकाे खाेई !!

कबिता : मुक्ति आएकाे खाेई !!

  • शुक्रबार, फाल्गुन २६, २०७९
कबिता : मुक्ति आएकाे खाेई !!

पसिना र रगतको मूल्य खाेई
निर्धाकाे पक्षमा बाेलेकाे खाेई

माटो मुठ्ठी मा उठाएर कसम
निरन्तरता दिएको खाेई

रास्टियता काे झण्डा बाेकेर
रास्ट बचाएकाे खाेई

पार्टी बिधान र परिधिभित्र
ईमानदारी देखाएको खाेई

अालाेचना माैखिक वा लिखित
स्विकार्न सकेको खाेई

बाेल्न र लेख्न पाईन्छ
नियम पालना गरेको खाेई

बिस्वास दिलाएका क्षणहरु
अास्था जगाएकाे खाेई

भराेसा परेका मनहरु
जुरुक्क माथि उठाएको खाेई

स्वच्छ मन भएका कामरेड हरु
बिस्वासिलाे बाताबरण खाेई

उठ्दै लठ्दै र उठ्दै गरेका
दुखि गरिव र सर्बहाराकाे मन खाेई

भ्रम र द्वेष फैलाएर
मुक्ति काे दिन आएकाे खाेई ।।

चर्चामा

सम्बन्धित समाचार