शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरि मनाइयो

आज अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरि मनाइयो

  • बुधबार, फाल्गुन २४, २०७९
आज अन्तर्राष्ट्रिय श्रमीक महिला  दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरि मनाइयो

बाजुरा — आज ८ मार्च, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बाजुरा जिल्लाभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचमा बिस्तार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको हो ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

No description available.
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।

No description available.
नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्‍याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेर दिवस मनाएका छन् ।
जिल्लाको बडिमालिका नगरपालिकाले पनि बिभन्न देउडा लगायत सास्कृतक कार्यक्रम गरी दिवस मनाएको बडिमालिका नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले बताएकी छन । बजारमा र्याली सहित खुलामंचमा बिषेश कार्यक्रमको आयोजना गरी सो दिवस मनाएको रोकायाले बताएकी छन ।

No description available.
बडिमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । कार्यmक्रमको बिषिस्ठ अतिथिमा बिभिन्न राजनितक दलका पार्टी प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी पुस्कर खड्का, र सुरक्षा निकायका प्रमुख हरु रहेका थिए । कार्यक्रममा बिभिन्न टोलका सांस्कृतीक देउडा लगायतका कार्यक्रमहरु प्रस्तुत गरीएका थिए । रेडीयो कर्मी सरिता नेपालीले संचालन गरेको सो कार्यक्रमको स्वागत बडिमाकिला नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले गरेकी थिईन ।

No description available.
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् । धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । नेपालमा पनि बिदा दिइने चलन छ ।

चर्चामा

सम्बन्धित समाचार