सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दार्चुलामा मृत चितुवा फेला

दार्चुलामा मृत चितुवा फेला

  • मङ्लबार, फाल्गुन २३, २०७९
दार्चुलामा मृत चितुवा फेला

दार्चुला   –     दार्चुलामा चितुवा मृत भेटिएको छ। जिल्लाको शैल्यशिखरमा चितुवा मृत भेटिएको हो। शैल्यशिखर नगरपालिका–२ कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीयले बताए।

पाँच फिट तीन इन्च लम्बाई र दुई फिट एक इन्च चौडाइ रहेको चितुवा सोमबार मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गोकुलेश्वरका प्रमुख दुर्गा अवस्थीले बताए। चितुवाको टाउकोमा गहिरो चोट लागेको देखिएको हो।

चितुवालाई प्रहरी, सव–डिभिजन वन कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीयको रोहबरमा गोकुलेश्वर अस्थायी प्रहरी पोष्ट नजिक गाडेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार