• होमपेज
  • समाज
  • सागर लम्साल (बले) लाई पितृ शोक

सागर लम्साल (बले) लाई पितृ शोक

  • मङ्लबार, फाल्गुन २३, २०७९
सागर लम्साल (बले) लाई पितृ शोक

काठमाडौं  –      लोकप्रिय कलाकार सागर लम्साल (बले)को बुवा राजेन्द्र लम्सालको निधन भएको छ । उनी वरिष्ठ लोकगायक पनि हुन् । युरोपमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको गएराती निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

राजेन्द्र पहिल्यै देखी बिरामी थिए । अत्यधिक माद्यक पदार्थ सेवन गर्ने लम्सालको कलेजोले काम गर्न छाडिसकेको थियो । उनलाई पछिल्लो समय पिसाब सम्बन्धि समस्या देखिएको थियो । राजेन्द्रका सागर सहित ३ छोरा र १ छोरी छन् ।

राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ’डोरीको तिन फुदा’, ’वालिङ्ग फिरफिरे’, ’शिरमा रिवन सल्को पछ्यौरी’, ’भिरको टुनि हो’, ’मस्र्याङदीको पुल’, ’आमा तिम्रो दुधको भारा’, ’राईनासकोटको भिर’, ’निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् ।

चर्चामा

सम्बन्धित समाचार