बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाचार
  • जंगलको आगो वस्तीमा पस्दा २ घर जले

जंगलको आगो वस्तीमा पस्दा २ घर जले

  • मङ्लबार, फाल्गुन २३, २०७९
जंगलको आगो वस्तीमा पस्दा २ घर जले
फाइल फाेटाे

पाँचथरको कुम्मायक गाउँपालिका-१ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेका छन् । आगलागीबाट कुम्मायक गाउँपालिका-१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि सकेनन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

चर्चामा

सम्बन्धित समाचार