बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • सेतो गुराँसको सहयोगले शिक्षण सिकाईमा सहज

सेतो गुराँसको सहयोगले शिक्षण सिकाईमा सहज

  • शुक्रबार, फाल्गुन १२, २०७९
सेतो गुराँसको सहयोगले शिक्षण सिकाईमा सहज

बाजुरा — खप्तड छेडेदह गाउँपालिकामा समाबेशी प्रारम्भिक कक्षा सिकाई कार्यक्रम लागु भएको सात बर्ष बढि भयो । सेतो गुराँसबाट संचालिन कार्यक्रममा कक्षा १ देखी ३ सम्मका बालबालिकाहरुलाई नेपाली र गणित बिषयको शिक्षण सिकाईमा सहयोगको लागी शैक्षिक सामाग्री बिषयगत शिक्षकहरुलाई तालिम दिदै आएको छ ।
शिक्षकहरुको क्षेमता बृद्धिको लागी तालिम दिनुका साथै घुम्ती बैठक स्थानिय शैक्षिक सामग्री बनाउनमा सहयोग अभिभावकहरुसंग घर भेटघाट गरेर बालबालिकाको शिक्षण सिकाई अवलोकन लगाएत सहयोग गर्ने गरेको सस्थाका कार्यकारी निर्देशक देबु खातीले बताईन ।
बालबालिकाको शिक्षण सिकाई प्रभावकारी बनाउन कक्षा कोठा ब्यवस्थापन देखी बालबालिकाको स्तरमापन सिकाई अभिलेख राख्न समेत सहयोग गरेको खातीले बताईन ।

No description available.
यूनिसेभ र बिश्वशिक्षा कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा जिल्लाका हिमाली, खप्तड छेडेदह गाउपालिका र बडिमालिका नगरपालिका कक्षा १ देखी ३ सम्मका बालबालिकालाई सिकाईमा प्रत्यक्ष सहयोग पुगेको छ ।
खप्तड छेडेदह गाउपालिकाको बडिचौर आधारभुत्त बिद्यालयका शिक्षक नृघ शाहीका अनुसार सेतो गुरासको सहयोगले शिक्षण सिकाईमा धेरै ठुलो सहयोग भएको बताए । शाहीले भने सस्थाको शैक्षिक सामग्री सहयोगले बालबालिकालाई पढाउन देखी बिद्यार्थीको स्तरमापन सिकाई अभिलेख राख्न सहज भएको बताए ।

No description available.
आफुलाई तालिम र सामग्री नहुदा विधार्थीको स्तरमापन सिकाई उपलब्धीको अभिलेख नै राखिदैन थियो । बिधार्थीहरुलाई बुझाउन पनि गाह्रो हुन्थ्यो । शैक्षिक सामग्री सहयोग र तालिम पश्चात सहज भएको बताए । गाउघरमै बोलीने मातृभाषा स्थानिय स्तरबाटै निमार्ण गरिएका शैक्षिक सामग्री प्रयोग गरेर सिकाईलाई झनै प्रभावकारी हुने गरेको बडिचौर आधारभुत्त बिद्यालयका प्रधानाध्यापक पदम शाहीले बताए ।

No description available.
समाबेसी प्रारम्भिक कक्षा सिकाई कार्यक्रमको प्रभाकारीता र उपलब्धी बारे जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको संयोजगत्वमा फागुन ३ र ४ गते बडिमालिका नगरपालिका र खप्तड छेडेदह गाउपालिकाका केही बिद्यालयमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा समन्वय प्रमुख तुलसीराम रोकायाले सहयोगी सस्था सेतो गुरासलाई धन्यबाद दिए । अनुगनमा बिद्यालयले यत्रो सहयोग हुदा हुदैपनि सहयोग गरेका केही सामग्री प्रयोगमा नआएकाले शिक्षण सिकाई प्रभावकारी बनाउन प्रयोग गर्नु पर्ने बताए ।

No description available.
अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया खप्तड छेडेदह गाउपालकाका अध्यक्ष दिलबहादुर रावत जिल्ला शिक्षा ईकाई प्रमुख हर्कबहादुर सिंह पालिकाका शिक्षा शाखा प्रमुख, पत्रकार, सेतो गुराँस सस्थाका कर्मचारी रहेका थिए ।
नेपाल नेत्र ज्वाती सघको सहकार्यकमा सस्थाको कार्यक्षत्रका कक्षा १ देखी ३ सम्मका बालबालिबाहरुको आँखा र कानको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गर्दा आँखा र कानको स्वास्थ्यमा समस्या देखीएका बालबालिकाहरुलाई उपचार गर्न समेत सहयोग गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार