• होमपेज
  • समाज
  • खप्तड छेडेदह:-आर्थिक अभाबमा अलपत्र मुटुरोगि बच्चाको काठमाडौमा उपचार

खप्तड छेडेदह:-आर्थिक अभाबमा अलपत्र मुटुरोगि बच्चाको काठमाडौमा उपचार

  • बुधबार, फाल्गुन ३, २०७९
खप्तड छेडेदह:-आर्थिक अभाबमा अलपत्र मुटुरोगि बच्चाको काठमाडौमा उपचार

टेक बहादुर बुढा–आर्थिक अभाबमा अलपत्र १४ महिनाको मुटु रोगि बच्चाको काठमाडौमा उपचार भएको छ । खप्तडछेडेदह गाउँपालिका ५ डोगडि बस्ने दुर्गा देबी रावतको १४ महिनाको छोरा सन्दिप रावत मुटुको उपचार भएको छ ।
पैसा नभएर अलपत्र रहेको समाचार बडीमालिका खबर लगायत सञ्चारमाध्यममा प्रशारण तथा प्रकाशित पछि बाजुरामा बाट काठमाडौ उद्धार गरेर उपचार भएको छ । समाचार पछि काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौ ले उपचारमा सहयोग गरेको थियो ।

सन्दिप रावतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको ओपनहट सर्जरी भएको थियो । अस्पतालमा अप्रेसन पछि बच्चाको स्वास्थ्यमा सुधार आएपछि बच्चालाइ डिस्चार्ज गरेको संस्थाका अध्यक्ष सम्राट सिंह बस्नेतले वताएका छन् । समाचार बाट अलपत्र परेको जानकारी पायौ, काठमाडौ उपचारमा सहयोग सँगै खान बस्नको सम्पुर्ण ब्यबस्थापन संस्थाले गरेको बस्नेतले वताएका छन् ।

बच्चाको मुटुका प्वाल परेको थियो । बच्चाको उमेर अनुसार तौल कम थियो, उनको अप्रेसन निकै जोखिम रहेको थियो, अप्रेसन सफल भएर बच्चालाइ पनि सुधार भइरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक चिकित्सकले वताए । बच्चाको अप्रेसन गरम जोखिम नगरम झनै जोखिम थियो, बच्चाको हुनुपर्ने १० केजी तौल थियो, तर ६.५ केजी मात्र तौल भएकाले पनि अप्रेसन जोखिम रहेको उनले वताए ।

समाचार पछि काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौले उपचारमा सहयोग गर्ने गरि बच्चाको उद्धार भएको खप्तडछेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले वताएका छन् । बच्चालाइ बाजुरा देखी काठमाडौ सम्मको भाडा व्यबस्थापनका लागि छेडेदह गाउँपालिकाले ५० हजार सहयोग गरेको गाउँपालिका अध्यक्ष रावतले वताएका छन् । सन्दिपको मुटुको समस्या सँगै कडा कुपोषित समेत रहेका थिए । अस्पताल बाजुरामा चेकजाँच गर्दा सन्दिपको मुटुमा समेत समस्या सँगै कडा कुपोषित समेत रहेको डा. जस्मिता बलमपाकीले वताएकी थिइन् । अस्पताल बाजुराले रिफर गर्दा पनि परिवार सँग पैसा नहुदा उनि अस्पतालमै अलपत्र अबस्थामा रहेका थिए ।

बच्चाको कुरुवालाइ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका सामाजिक सेवा इकाइमा कार्यरत अनिल खड्गिले खानामा सहयोग गरेका थिए । बच्चाको अप्रेसनमा रगत ब्यबस्थापनमा सन्दिप मर्हजनले सहयोग गरेका थिए । त्यस्तै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी रबिन्द्र शाहले समेत सहयोग गरेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौका देबेन्द्र गुरुङ्गले वताएका छन् ।

बाजुरा जिल्लामा कार्यरत चार जना शाखा अधिकृतले बर्षगाँठको उपलक्ष्यमा १० हजार सहयोग गरेका थिए। त्यस्तै फिल्म निर्माता तथा सामाजिक अभियान्ता अमृत ढुगांनाले ५ हजार अछामको पत्रकार धनराज साउदले ३ हजार, एकीकृत समाजवादी अछाम जिल्ला उपसचिव नमराज न्यौपानेले २ हजार सहयोग गरेका छन् ।

कुपोषणको उपचार जिल्ला अस्पताल बाजुरामा हुने भएपनि मुटुको उपचारका लागि काठमाडौ रिफर गरेको थियो । मुटुको उपचार गर्न काठमाडौ रिफर गरेको भएपनि परिवार सँगै पैसा नहुदा अस्पताल बाजुरामा नै अक्सिजन मार्फत सन्दिपको कुपोषणको उपचार भइरहेको थियो । समाचार प्रकाशित पछि बच्चा उद्धार भएको डा. बलमपाकीले वताईन् ।

बच्चा कुपोषित देखीएपछि आफन्तले स्थानिय डोगडि स्वास्थ्य चौकीमा उपचारका लागि लगेको थिए । डोगडि स्वास्थ्य चौकीले कडा कुपोषित रहेको भन्दै अस्पताल बाजुरामा रहेको पोषण पुर्नस्थापना केन्द्रमा रिफर गरेको थियो । अस्पताल बाजुरामा चेकजाँच गर्दा कुपोषण सँगै मुटुमा समेत समस्या देखिएपछि काठमाडौ रिफर गरेको थियो । पैसा नहुदा अस्पताल बाजुरामा राखेका थियौ, अहिले सहयोग मिल्दा बच्चाको बाचेको सन्दिपका बुवा पदम रावतले वताए ।

चर्चामा

सम्बन्धित समाचार