मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमालेले ‘मिसन ग्रासरुट’मा बाजुरामा काे नेतालाई कहाँ खटायो ? (सूचीसहित)

एमालेले ‘मिसन ग्रासरुट’मा बाजुरामा काे नेतालाई कहाँ खटायो ? (सूचीसहित)

  • बुधबार, फाल्गुन ३, २०७९
एमालेले ‘मिसन ग्रासरुट’मा बाजुरामा काे  नेतालाई कहाँ खटायो ? (सूचीसहित)

बाजुरा — नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई खटाएको छ । २६ माघमा बसेको केन्द्रीय सचिवालयको फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो । साेही बमाेिजम बाजुरा जिल्लामा गाेबिन्द्र कुँवर, एज्ञ बाेगटी र राजेन्द्र सिह‌ रावललाइ खटाएकाे छ ।

अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।

बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका र गाैमुल गाउँपालिकामा गाेबिन्द कुँवरलाइ जिम्मेवारी दिएकाे छ भने खप्तड छेडेदह गाउँपालिका, बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकामा यज्ञ बाेगटीकाे जिम्मेवारी रहेकाे नेकपा एमाले केन्द्रीय कमिटीले जनाएकाे छ । त्यसै गरी बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा राजेन्द्रसिहं रावलकाे जिम्मेवारी रहेकाे एमालेले जनाएकाे छ ।

सुदुरपश्चिम प्रदेशका लागि  अभिमुखीकरणका लागि उपाअध्यक्ष बिष्णुप्रसाद पाैडेल रहेका छन भने सयाेजक सचिवमा लेखराज भट्ट रहेका छन । स्थायी कमिटी सदस्यहरुमा मणिचन्द थापा बिन्दा पाण्डे र कर्ण बहादुर थापा रहेकाे एमाले केन्द्रीय कमिटीकाे सुचीमा उल्लेख गरिएकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार