• होमपेज
  • समाज
  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • शुक्रबार, माघ २०, २०७९
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुर मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।

सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। इलाका प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा बेलौरी नगरपालिका–६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरीको मृत्यु भएको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पु¥याएको छ।

चर्चामा

सम्बन्धित समाचार