शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भुकम्पका कारण गौमुलका गर्भवती तथा सुत्केरी बिच्चलीमा

भुकम्पका कारण गौमुलका गर्भवती तथा सुत्केरी बिच्चलीमा

  • बुधबार, माघ १८, २०७९
भुकम्पका कारण गौमुलका गर्भवती तथा सुत्केरी बिच्चलीमा

बाजुरा — माघ १० गते बाजुराको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण गौमुल गाउँपालिकाका गर्भवती तथा सुत्केरी बिच्चलीमा परेकी छन् । केहीको घर भत्किएको छ भने कसैको घरनै पुरै चिरा चिरा भएर बस्न लायक नभएपछि गर्भवती तथा सुत्केरी महिला समस्यामा परेका हुन् । गर्भवती र सुत्केरी महिलाहरु चिसो पालमा कष्टकर जिवन विताइरहेको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताईन् ।
गौमुल गाउँपालिका २ जुरेली गाउँकी २८ बर्षिया कला रोकाया माघ ११ गते सुत्केरी भइन । १० गतेको भुकम्पले उनको घर भत्कियो । ११ गते उनि सुत्केरी भएर पालमा बस्नुपर्ने बाध्याता रहेको छ । कला रोकाया र उनको नवजात शिशु पालमा चिसोले कठ्याङ्गरिरहेका छन् । वडान २ मा मात्र ४ जना सुत्केरी आमा र बच्चाको बास पालमुनी भइरहेको छ । ४ जना सुत्केरी आमा र नवजात शिशु हिउँदको कठ्याग्रिदो चिसोमा पालमा जोखीम मोलेर बस्नुपरेको सुत्केरी महिला कला रोकायाले बताईन । गाउँमा २८ बर्षिया कला रोकाया, २२ बर्षिया रेखा रोकाया, २५ बर्षिया प्रमिला धामी र सुमित्रा बोहरा सुत्केरी भएर पालमुनी बसेका छन । चिसोले आमा र शिशुको स्वास्थ्य जोखिम हुदै गएको छ ।
हिउँदको समय भएकाले चिसोले पालमुनी बस्ता बुढाबुढी, गर्भवती र सुत्केरी महिला र बालबालिकाहरु प्रभाबित भएका छन । भुकम्प पिडीतहरुले अहिले सम्म राहत साम्रगी समेत नपाएको गुनासो रहेको छ । खान बस्न निकै समस्यामा परेका छन् । भुकम्प पिडित बिच्चलीमा हुदा सम्म पनि सरकारको ध्यान नपुगेको स्थानिय धनलाल रोकायाले वताएका छन् ।
गाउँपालिकामा १ हजार ६ सय ५० परिवार मध्ये ५ सय ७० परिवारका घर जोखिममा रहेका छन् । ५ सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएर पालमा बस्दै आएका छन । कुनै घरहरु बाहिरबाट हेर्दा राम्रो देखीए पनि घर भित्र भने धुजा धुजा भएको स्थानिय गंग रोकायाले वताएका छन् । त्यहाँका सबै स्थानिय पाल र तरकारीका लागि बनाएका टनेलमा बस्दै आएका छन ।
घरहरु बस्न नमिल्ने भए पछि केही परिवारहरु संयुक्त रुपमा पालमा बस्दै आएको स्थानिय भक्त रोकायाले बताए । उनले भने पहिला हामी छुट्टाछुट्टै घरमा बस्थौँ भुकम्पले घर भत्तकाएपछि एकै पालमा ४ परिवार बस्दै आएको बताए । गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने अहिले पाल, कम्बल मात्र सहयोग गरेको वताए । पुरै घर चर्केका छन् । जमिन समेत चिराचिरा भएकाले गाउँनै सुरक्षित ठाउँमा बिस्थापन गनुपर्ने वताएका छन् । सुरक्षित ठाउँमा राखेर पिडितको घर निर्माण गर्नुपर्ने वताए ।

चर्चामा

सम्बन्धित समाचार