बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली?

निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली?

  • सोमवार, माघ ९, २०७९
निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली?

पश्चिमी निम्न चापीय प्रणाली आज नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ। आज साँझबाट सुदूरपश्चिम हुँदै प्रवेश गर्ने प्रणालीले राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यो क्रम पर्सि बुधबारसम्म जारी रहने महाशाखाले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महाशाखाकाअनुसार भोलि लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पर्सि बुधबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

तराईलगायत देशभरका अधिकांश ठाउँमा बिहान साँझ हुस्सु र कुहिरो लाग्ने क्रम बढ्दो क्रममा रहेको छ।

चर्चामा

सम्बन्धित समाचार