शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • काठे छन्द म पानी हुँ (कविता)

काठे छन्द म पानी हुँ (कविता)

  • मङ्लबार, पुस २६, २०७९
काठे छन्द म पानी हुँ (कविता)

प्रकृतिले होनि मलाई त ,जन्म संसारमा दिएको
त्यसैले त होला मानिसले ,मज्जा मसँग नै लिएको।

हरियाली छ त चारैतिर ,मेरै कारणले होलानी
सुसाएर मिठो धुन सँगै ,आफै रमाउछु खोलानी।
पखेरो नि हेर पँधेरो नि, हेर झरझर झरना
कहिले त काहिँ बगिदिन्छु ,नदि नसोचेको कल्पना।

मेरो पछि लागे दुखेसो नि ,काहिँ नगर्नु है! पानी हुँ!
सोचे भने सुन्नुस् हजुरको ,म नै जिन्दगीको खानी हुँ!
खोला ,नाला देखि बादल नै ,बनी आकाशमा पुग्दछु ।
फेरि दया ,माया लागेर त,होनि धर्तीमा म!झुक्दछु ।

कहिले म छाल भुलभुले ,पानी बनिदिन्छु हजुर!
जीवनमा यस्तो आधी हुरी ,पनि आइदिन्छु गजुर!
मानिसले गाली गरुन् कहिँ ,माया मतलब राख्तिनँ ,
सधैंभरि आफ्नै बाटोतिर ,हुन्छु फर्केर नि हेर्दिन।

चर्चामा

सम्बन्धित समाचार