शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिका वडा न ४ का आइते धामीकाे घरमा आगलागी

खप्तड छेडेदह गाउँपालिका वडा न ४ का आइते धामीकाे घरमा आगलागी

  • मङ्लबार, पुस १९, २०७९
खप्तड छेडेदह गाउँपालिका वडा न ४ का आइते धामीकाे घरमा आगलागी

जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ खाती गाउँ निवासी आइते धामिकाे घरमा आज दिउँसो १ बजे आगलागी भएको छ । घर नजिकै राखीएकाे आफरबाट आगाे झिल्काे हावाले लिएर घरमा आगलगी भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे ।

खरले छाएकाे घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेकाे र घरमा रहेका  १२ वटा खराया समेत जले मरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

घरमा आगाेलागेपछी घर भित्र रहेको १७ हजार नगद अन्नपात, ५० हजार बराबरकाे दारकाठ र लत्ताकपडा लगाएत अन्य गरेर जम्मा १ लाख ६७ हजार बराबर धनजनको क्षति भएको वडा अध्यक्ष दल बहादुर धामीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार