शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • दुई बर्ष पछि धनाल्त आधारभूत विद्यालयकाे भवन बन्याे :- बिद्यार्थी खुसी

दुई बर्ष पछि धनाल्त आधारभूत विद्यालयकाे भवन बन्याे :- बिद्यार्थी खुसी

  • बुधबार, पुस ६, २०७९
दुई बर्ष पछि धनाल्त आधारभूत विद्यालयकाे भवन बन्याे :-  बिद्यार्थी खुसी

टेक बहादुर बुढा– छेडेदह गाउँपालिका  ३ मा रहेकाे धनाल्त आधारभूत विद्यालय काे भवनकाे दुई बर्ष पछि निर्माण सम्पन्न भएको छ । । गत बर्ष प्रदेशबाट ठेक्का रहेकाे उक्त भवन दुई बर्ष बितिसक्दा पनि निर्माण हुन सकेकाे थिएन ।

भवनकाे ठेक्का खप्तड छेडेदह गाउँपालिका  ७ का वडा अध्यक्ष खगेन्द्र रावतले लिएका थिए । प्रदेशकाे आयाेजनामा रहेकाे उक्त भवन समयमा निर्माण गर्न नसकेको भन्दै रकम फिरिज समेत गएकाे थियाे । त्यसपछि गत साल गाउँपालिकाले रकम छुट्याए पनि भवन अधुरै रहेकाे थियाे । विद्यालयको भवन निर्माण हुन नसक्दा बिद्यार्थीहरुले चाैरमा बसेर पढ्नु पर्ने बाध्यता रहेकाे थियाे ।

अहिले जाडो काे समय सुरु भएकाे र भवनकाे झ्याल ढाेका नबनेकाले बिद्यार्थीहरुले चाैरमा बसेर पढ्नु परेकाे थियो। तर अहिले भवन बन्दा बिद्यार्थीहरु निकै खुसी भएका छन । कक्षा ५ मा अध्यानरत छात्र डम्म रावतले भने पहिले जाडाेमा बसेर पढ्नुपर्थाे भवन बन्दा कक्षाकाेठामै बसेर पढिरहेकाे बताए । कक्षा पाँच सम्म रहेकाे धनाल्त आधारभूत विद्यालयमा तीन ओटा काेठा मात्र रहेकाले बिद्यार्थीलाई कक्षाकाेठामा पढाउन समस्या हुदै आएकाे र अहिले भवन बन्दा सहज भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताएका छन ।

विद्यालयकाे भवन निर्माण भएको पनि आफुले गरेकाे कामकाे पैसा नपाएको भन्दै त्याहाका स्थानियहरुले गुनासाे गरिरहेका छन । ठेकेदार खगेन्द्र रावतले भने आफुले काम गरेकाे पैसा नपाएकाले भवनकाे केही काम अधुरो रहेको र अहिले निर्माण कार्य सम्पन्न भईसकेकाे बताए । अब उक्त भवन हस्तान्तरण गर्न मात्र बाकी रहेकाे ठेकेदार रावतले बताएका छन । यस बिषयमा गाउँपालिकाले उक्त बिषयलाई कार्यपालिकाकाे बैठकमा राखि ठेकेदारलाई काम गर्ने भनेर निर्देशन दिई सम्झौता भएको पछि उक्त भवन सम्पन्न भएको हाे ।

चर्चामा

सम्बन्धित समाचार