शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनताले चुने अब तिम्रो पालो आयो

जनताले चुने अब तिम्रो पालो आयो

  • शनिबार, मंसिर १०, २०७९
जनताले चुने अब तिम्रो पालो आयो

जनताले चुने अब तिम्रो पालो आयो,
जिम्मा अध्यायन गर्दा उकालो आयो।

आ आफ्नो घोषणा पत्र अध्यान गरौं,
काम सुरू गरौं देशमा भिरालो आयो।

युवा लाई रोजगार र बृध्दालाई भत्ता,
न भन्नु नाता रिस्ता र गोठालो आयो।

हत्थकडी पनि हुंनसक्छ मख्ख नपर्नु,
रिस्वत कालो धन शुनकै बालो आयो।

छानेर पठाएकैहौं पहिले पनि जनताले,
किसान लाई मल बिउ न फालो आयो।

यो देशमा त सधैभरी भ्रष्टचार र महंगी,
जनता को सिरमा रिणको जालो आयो।

चर्चामा

सम्बन्धित समाचार