बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • अनेरास्ववियूका नेता अयडीको हत्यामा संलग्न २२ जनाको नाममा किटानि जाहेरि

अनेरास्ववियूका नेता अयडीको हत्यामा संलग्न २२ जनाको नाममा किटानि जाहेरि

  • मङ्लबार, मंसिर ६, २०७९
अनेरास्ववियूका नेता अयडीको हत्यामा संलग्न २२ जनाको नाममा किटानि जाहेरि

बाजुरा — अनेरास्ववियू केन्द्रीय सदस्य चेतनदिप अयडीको हत्यामा सलंग्न २२ जनाको नाममा किटानी जाहेरि दर्ता गरेकाे छ । नेता अयडीको बिभत्स हत्या भएको गरेको भन्दै २२ जनाको नाममा जिल्ला प्रहरि कार्यलय बाजुरामा किटानी दिएको उनका आफन्तहरुले बताएका छन ।
बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट गरी अयडिको मृत्यु भइसकेको छ ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको बुझिएको छ । अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइ निर्घात कुटपिट हत्या गरिएको छ ।
अयडिको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ । त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ताको सञ्जिब अयडिको मृत्यु भएको थियो । सञ्जिब अयडिको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार