शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदह गाउँपलिका ३ मा माओबादी र नेपाली काँग्रेस परित्याग गरि १० घर परिवार एमाले प्रवेश

खप्तड छेडेदह गाउँपलिका ३ मा माओबादी र नेपाली काँग्रेस परित्याग गरि १० घर परिवार एमाले प्रवेश

  • बिहिबार, कार्तिक २४, २०७९
खप्तड छेडेदह गाउँपलिका ३ मा माओबादी र नेपाली काँग्रेस परित्याग गरि १० घर परिवार एमाले प्रवेश

टेक बहादुर बुढा ,बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ मा नेकपा माओबादी र नेपाली काँग्रेस पाटी परित्याग गरी १० घर परिवार एमाले प्रवेश गरेका छन ।

नेकपा एमाले को चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानका क्रममा नेकपा माओवादीबाट वडा सदस्यकी उम्मेदवार ललिता सुनारले पनि एमाले प्रवेश गरेकी छन । सुनार गत बैसाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा ३ नंः मा वडा सदस्यकी उम्मेदवार समेत भएकी थिइन ।

वडा सदस्यकी उम्मेदवार सुनार सहित नर बः रावत ,प्रदेसी सुनार ,मार्सल सुनार, अशोक सुनार , गौमती लवाार र किट्टी लवार लगायत १० घरपरिवार एमाले प्रवेश गरेका हुन । नव प्रवेसीका हरुलाइ नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कणर् थापाले स्वागत गरेका नेताहरुले बताएका छन ।

नेपाली काँग्रेस बाजुराको किल्ला मानिएको खप्तड छेडेदह गाउँपालिकामा पछिल्लो समयमा नेकपा माओवादी र नेपाली काँग्रेस पाटी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेहरुका लहर लागेको नेताहरुले बताएका छन । खप्तड छेडेदह गाउँपालिका नेपाली काँग्रेसका प्रदेस सभा ख का उम्मेदवार समेत रहेका पदम बहादुर शाहीको गृह पालिका समेत रहेको छ । स्थानिय निर्वाचन २०७४ सालमा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको थियो भने २०७९ को निर्वाचनमा नेकपा एमाले जित्न सफल भएको थियो ।

यति बेला नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो अभियान गरिरहेको छ । पछिल्लो समयमा खप्तड छेडेदह गाउँपालिकामा जनताहरु एमाले पाटी प्रति आकर्षित बन्दै गएकाले बाजुरामा नेकला एमाले जित सुनिश्चित भएको नेताहरुले दावी गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार