शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा भुकम्पले ३ घर भत्किए, क्षतिको विवरण आउन बाँकी

बाजुरामा भुकम्पले ३ घर भत्किए, क्षतिको विवरण आउन बाँकी

  • बुधबार, कार्तिक २३, २०७९
बाजुरामा भुकम्पले ३ घर भत्किए, क्षतिको विवरण आउन बाँकी

बाजुरा — बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले बाजुरा जिल्ला बुढिगंगा नगरपालिकामा ३ ओटा घर भत्किएका छन । क्षेती भएकाहरुमा बुढीगंगा नगरपालिका वडा नं ८ मा दिल बहादुर थापा र खगेन्द्र खड्का र वडा नं १० मा नर बहादुर साउँदको घर भूकम्पले भत्केको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । त्यसै गरी खप्तड क्षेडेदह गाउँपालिकामा केही घर चर्केको र बिवरणहरु आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी गिन्द्र बोगटीले बताएका छन ।
जिल्लाका अन्य ठाउँमा  प्रहरीको टोलीहरु बिभिन्न ठाउँमा पठाएको बोगटीले बताएका छन । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको भूकम्पको धक्का सुदूर पहाडका सबै जिल्लामा महशुस गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार