मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सुरेश कुमार पाण्डेका केही गजलहरु

सुरेश कुमार पाण्डेका केही गजलहरु

  • सोमवार, कार्तिक २१, २०७९
सुरेश कुमार पाण्डेका केही गजलहरु

मेचि र महाकाली न भनी मिलेर बस्छन,
एउटा बर्गिय सन्तान बनी मिलेर बस्छन।

सात नभम्वरका दिन जुटेका थिए याहाँ,
भारतभरी न्यायप्रेमी छनी मिलेर बस्छन।

कालो बादल चिरेर उदायो किरण सूर्यकै,
आर्कैका हितमा हात तनी मिलेर बस्छन।

अखण्ड राख्न देशलाई लडेका युद्धाहरू,
जहाँ जुनहालमा भय पनि मिलेर बस्छन।

न्याय युद्धको त्यो झण्डा मुनी श्रमजिवी,
न कुनै गरिब न कुनै धनी मिलेर बस्छन।

सात जनाले थालेको सत्र देशमा उदायो,
न रोकी पाहिला दना दनी मिलेर बस्छन।

कहिले के हुन्छ केहीपनि खबर हुँदैन,
बिना समस्याको कुनै कतै सहर हुँदैन।

कामले हिंड्छन् मान्छे देश बिदेशमा,
काम विना कसैको सधै सफर हुँदैन।

प्रकृती जगत धर्ती आकासको भरमा,
धर्ति विना कामको त्यही सगर हुँदैन।

धेरै बुझ्यो तर बद्लेन सोंच मानिसले,
मन मष्तिकमा भन्दा कतै गदर हुँदैन।

आज छ भोली छैन कस्लाई के थाहा,
जिवन कहिले कहाँ टुङ्गिन्छ भर हुँदैन।
लगायो साइनो रिंगायो उसैले,
बिषालु अमृत पिलायो उसैले।

खुलाई सिमाना बनाई कमारो,
देशको सम्पत्ती मिसायो उसैले।

डोरायो मज्दुर बिकास गरायो,
पसिना मासधै भिजायो उसैले।

सम्झौता र सन्धि अमेल गराई,
वेइमानी गरी जितायो उसैले।

नेपाली युवक फकाई लगायो,
यो देश टुक्रामा चिरायो उसैले।

नाटक गर्दै छ कतिहो कति ऊ,
आफेले पिटाई टिठायो उसैले।

भगायो उसैले समायो उसैले,
सतायो उसैले फसायो उसैले।

लगायो साइनो रोजि बेटीको,
छलेर बाण नै चलायो उसैले।

पौरख पोखी बांचेकै हरूलाई,
उठायो कुटायो सतायो उसैले।

अखण्ड भयर बाँचेका जनता,
मनमा आगो नै लगायो उसैले।

खान र लाउन कमारो बनाई,
स्वतन्त्र देश नै फटायो उसैले।

लगाई जासुश छामेर नबज्ज,
लालची नेतानै फकायो उसैले।

गजल!

परिश्रम चोखो परिश्रमिक अछुत किनहुन्छ,
हाम्रो यो समाजमा बिभेद अकुत किनहुन्छ।

स्वतन्त्र भई चुनाव लढौँ र देशको रक्षा गरौँ,
नेता तिम्रै दिमाखमा जितको भुत किनहुन्छ।

एकले आर्कालाई कालो भन्छौ जानि-जानी,
तिमीहरू सँग मात्रै त्यसको सबुत किनहुन्छ।

देश खतरामा छ भन्नै पर्दैन अतिक्रमण भयो,
अन्तरराष्ट्र जान तिम्रै पत्लुङमै मुत किनहुन्छ।

सरकार छन् देश बिकासका मुद्धा ओजेलमा,
असमान बिधेयक मात्र सधै प्रस्तुत किनहुन्छ।

गरिब आफ्नै देशको पनि हकदार कतैछैन्,
श्रमजिविहरू को आफ्नो सरकार कतैछैन्।

सांच्चै पसिनाकै भरमा जल्छ घरभित्र चुलो,
आर्को कुनै नी जिवन धान्ने आधार कतैछैन्।

गरिब मुक्तिका नारा त लगाउँछन बन्न नेता,
मुक्तिकै बाटो नडराई लाग्ने औतार कतैछैन्।

बनाएका छन बन्धक आफ्नो देश स्वर्थमा,
हाम्रो देशभित्र जस्तो जातिय दरार कतैछैन्

युवाशक्ती भाडामैछ बिक्छ सम्पत्ती देशको,
हाम्रो देशको जस्तो अनौठो व्यपार कतैछैन्।

न खोजौँ दुनियामा कतै मनमष्तिकमै खोजौँ,
आमूल परिवर्तन गर्ने अन्त औजार कतैछैन।

चर्चामा

सम्बन्धित समाचार