शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बडिमालिका
  • आटिचाैर भाैनेरा हुँदै मार्तडी जाेड्ने सडक खण्ड खाेल्न सुरु

आटिचाैर भाैनेरा हुँदै मार्तडी जाेड्ने सडक खण्ड खाेल्न सुरु

  • शनिबार, कार्तिक १९, २०७९
आटिचाैर भाैनेरा हुँदै मार्तडी जाेड्ने सडक खण्ड खाेल्न सुरु

टेक बहादुर बुढा , बाजुरा — जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः ७ आटिचाैर भाैनेरा हुँदै मार्तडी जाेड्ने सडक खण्ड खाेल्ने काम सुरु भएको छ ।

गत जेठकाे पहिलो सातादेखि उक्त सडक खण्ड अबरुद्ध भएको भएको थियाे । उक्त सडक खण्ड अबरुद्ध हुदा नागरिकहरूले आवतजावतका साथै दैनिक उपभाेग्य सामाग्री ढुवानी गर्ने समस्या झेल्नुपरेको थियाे । गत मङगलबारबाट सुरु भएको सडक खण्ड खाेल्ने काम हाल पिनालेख सम्म सडक सुचारु भईसकेकाे जनाइकाे छ । मङगलबार देखि निरन्तर सडक खण्ड खाेल्ने काम भए पछि त्याहाँका स्थानियहरु खुसी भएका छन ।

 सडक सुचारु हुने भएपछि आवतजावतका साथै दैनिक उपभाेग्य सामाग्री ढुवानीमा सहजता हुने त्यहाँका नागरिकहरूले आसा गरेका छन ।  आटिचाैर भाैनेरा हुँदै सदरमुकाम जाेड्ने सडक खण्ड खुलेपछि गाउँपालिका भरिका नागरिकहरूलाई सदरमुकाम सम्मकाे यात्रामा पनि सहजता हुने भएकाे छ ।

 आटिचाैर भाैनेरा हुँदै बल्दे देखि मार्तडीसम्म यातायात पनि निरन्तर चल्ने भएका छन । आटिचाैर भाैनेरा हुँदै सदरमुकाम जाेड्ने सडक खण्डलाई अहिले साफेँ – मार्तडी राजमार्ग काे मुख्य सडक खण्डका रुपमा पनि हेरिएकाे छ । अहिले राजमार्गकाे अम्काेट पहिराेले गर्दा बर्षमा करिब ६ महिना सम्म अबरुद्ध हुदै आएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार