बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सरकारी मोटरसाईकलको चरम दुरुपयोग

बाजुरामा सरकारी मोटरसाईकलको चरम दुरुपयोग

  • शनिबार, कार्तिक ५, २०७९
बाजुरामा सरकारी मोटरसाईकलको चरम दुरुपयोग
स्वामिकार्तिक खापर गाउँपालिकाकाे सरकारी माेटरसाईकल बुढीनन्दा १ माेटेलामा अलपत्र अवस्थामा रहेकाे । तस्विर : सामाजिक स‌जांल

बाजुरा — पछिल्लाे समय बाजुराका स्थानिय तहका दर्जन बढि सरकारी माेटरसाइकलहरुको चरम दुरुपयोग हुदैँ आएकाे पाइन्छ । नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको देखिन्छ । स्वामिकार्तिक खापर गाउँपालिकाको सु.प्र.प ००१ ब १७३७ नम्मरको मोटरसाईकल जथाभावी चलाएर बिग्रिएपछि बुढिनन्दा नगरपालिकाको मटेला स्थित सडकको छेउमा अलपत्र अबस्थामा छाेडीएकाे स्थानियले बताएका छन ।  स्वामिकार्तिक खापर गाउँपालिकाको सु.प्र.प ००१ ब १७३७ मोटरसाईकल बुढिनन्दा नगरपालिका १ काे मटेलामा अलपत्र अबस्थामा रहेको  स्थानियले बताएका छन । जिल्लाको उत्तरी क्षेत्रमा रहेका स्थानिय तहका धेरै जसो मोटर साईकलहरुको दुरुपयोग हुँदै आएका त्यहाका नागरिक अगुवाहरुले बताउदै आएका छन ।
त्यहाँ जनप्रतिनिधीहरुले जथाभावी प्रयोगका लागि दिएकै कारण जुन ठाउँ बिग्रीयो सोही ठाउँमा छोडेर जाने गरेको कोल्टी ईलाका प्रहरी चौकीले जनाएको छ । कोल्टी क्षेत्रमा मोटरसाईकल चलाउनेहरु मध्य धेरैको सवारी चालक अनुमती पत्र छैनन तर सरकारी मोटर साईकल चलाउन भने छोड्दैनन एक स्थानिय तहका कर्मचारीले भने । बिरामी पुगाउने वा लिने बाहाना बनाएर कार्यालयमा मोटरसाईकल माग्न आउछन लाईसेन्स माग्दा छैन भन्छन त्यसो भए मोटर साईकल पाईदैन भन्दा पालिका प्रमुख वा वडाअध्यक्षलाई समेत फोन गराएर लिने चलन रहेको कर्मचारीको भनाई छ ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन । अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर बाजुरामा भने मनपरी ढगंले सरकारी गाडी चलाउदै आएका छन ।
सरकारी गाडी बिदा भन्दा बाहेक कार्यालय संचालनको दिन बिहान १० बजे देखी साझँ ५ बजे सम्म मात्र चलाउन मिल्ने नियम भएको भए पनि रातभर पनी चलाउने गरेको पाईन्छ । सरकारी मोटरसाईकलहरु यस अघि मदिरा ओसार पसारमा पनि प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याङ्क छ ।
यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । बाजुरा सामान्य कार्यालय सहयोगी कर्मचारीदेखि कार्यालय प्रमुखसम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ । गत जेठ महिनामा सरकारी सवारी साधन लिएर बिदाको दिन अछाम देखी दैलेख सम्म घुम्न गएका भन्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टको पनि सामाजिक संजालमा निकै बिरोध भएको थियो ।
बाजुराका बिभिन्न ठाउँमा ट्राफिक प्रहरी भए पनि चिनजानको मान्छलाई चेकजाँच नगरी जान दिने गरेको स्थानियको आरोप छ । सरकारी गाडीकाे दुरुपयाेग गर्न पाइदैन यदि त्यस्ताे रहेकाे पाइएमा प्रहरीलाइ खवर गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र बहादुर बिष्टले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार