बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा थापा र पाण्डेबीच कडा प्रतिस्पर्धा हुँदै

बाजुरामा थापा र पाण्डेबीच कडा प्रतिस्पर्धा हुँदै

  • शनिबार, कार्तिक ५, २०७९
बाजुरामा थापा र पाण्डेबीच कडा  प्रतिस्पर्धा हुँदै

बाजुरा — बाजुरामा प्रतिनिधी सभातर्फ रोचक भिडन्त हुने देखिएको छ। नेकपा एमाले र नेपाली काँग्रेसका दुबै प्रभावशाली व्यक्तिहरु प्रतिनिधी सभातर्फको उम्मेदवार बनेका छन्। नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेबीच रोचक प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

काँग्रेस नेता पाण्डे गठबन्धनबाट उम्मेदवार बनेका छन्। भने थापा एमालेका उम्मेदवार हुन्। थापा यो सहित तेस्रो चौथो पटक चुनाव लड्दैछन्। पाण्डेको अरु दलसँगको पहिलो प्रतिस्पर्धा हो। संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्य बनेको अनुभव भएपनि पाण्डेसँग प्रत्यक्ष चुनाव लडेको यो नै पहिलो अनुभव हो।

थापाले भने २०५६, २०६४ र २०७० मा चुनाव लडेको अनुभव छ। ती मध्ये २०७० को संविधान सभाको चुनाव मात्रै जितेका थिए। त्यो बेला थापाले नेपाली काँग्रेसका सभापति मनबहादुर रावतलाई पराजित गरेका हुन्। २०५६ मा पार्टी विभाजन र २०६४ मा पार्टी भित्रकै अन्तरद्वन्द्वले थापाले चुनाव हारको कारण थियो।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधी सभातर्फका १६ वटा निर्वाचन क्षेत्र मध्ये कैलाली ४ पछिको रोचक भिडन्त बाजुरामा हुने देखिन्छ। कैलाली ४ मा एमाले सचिव लेखराज भट्ट र काँग्रेस प्रदेश समिति सभापति वीरबहादुर बलायरबीच चुनावी प्रतिस्पर्धा छ। भने दोस्रो हेभिवेट प्रतिस्पर्धा बाजुरामा नै हुने देखिएको छ।

प्रजातन्त्रको पुर्नरबाहली पछि भएका चुनावमा काँग्रेस एमालेले नै बाजुरामा जितेको इतिहास छ। २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए। भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए। एक पटक जितेर संसद बनेका थापा मन्त्री बनेका थिए। भने पाण्डे दुई पटक सांसद बनेर त्यो अवसर पाएका छैनन्।

तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो। २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नौ मध्ये छ मा काँग्रेस र तीनमा एमालेले जितेको थियो। २०७९ मा आइपुग्दा भने ठिक उल्टो भएको छ। बाजुराका नौ स्थानीय तह मध्ये ६ पालिका एमालेले जितेको छ। भने काँग्रेस तीनमा खुम्चिएको अवस्था छ।

यी दृश्यले पनि बाजुरामा चुनाव रोचक हुने प्रष्ट देखिन्छ। दुबै जना राजनीति विरासत र केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्ने नेता हुन्। स्थानीय तहको मत संख्या हेर्दा एमालेलाई जित्न सहज भएपनि गठबन्धनको इमान्दार मत पाण्डेलाई गए त्यो थापालाई पनि सहज हुने अवस्था देखिदैन।

२०७४ सालको प्रतिनिधी सभाको निर्वाचनमा गठबन्धन हुँदा एमालेका उम्मेदवार लालबहादुर थापाले २८०६५ ल्याएर जितेका थिए। थापा यो चुनावमा प्रदेश सभा (ख) को उम्मेदवार छन्। काँग्रेसका उम्मेदवार कविराज पण्डितले २३१८१ मत ल्याएका थिए। राप्रपाका जितबहादुर शाहीले ४६५ र १५४९ मत बदर भएको थियो।

स्थानीय तह निर्वाचन २०७९ को वडा तहको जनमत हेर्दा समाजवादी पार्टी निकै कमजोर छ। नौ वटा पालिका र ६९ वटा वडा मध्ये कुनैमा पनि समाजवादीले जित हासिल गर्नसकेको छैन। माओवादीले भने ४ वटा वडामा आफ्नो जित निकालेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदा माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ। काँग्रेस एमाले पछि दोस्रो दल बनेको छ। काँग्रेसले २४ हजार ४ सय ५७ मत पाएको छ। बाजुरामा सबैभन्दा ठूलो दल एमालेले २७ हजार ६५५ मत ल्याएको छ।

गठबन्धन हुँदा पनि पहिलो बनेको एमालेले संघ र प्रदेश सभाको निर्वाचन पनि जित्ने दाबी गरिरहेको छ। मतभार हेरेर नै समाजवादीले टिकट नपाएको हुनसक्ने अनुमान छ। बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेदवारहरुले ५ सय ८४ मत प्राप्त गरेका थिए। यो पटक बाजुरामा ८३५६७ जना मतदाता छन्।

थापा र पाण्डे बाहेक जनतापार्टीबाट रामबहादुर शाही, राप्रपाबाट जंगकुमार गिरी र स्वतन्त्रबाट टेक बडुवाल उम्मेदवार छन्। अवस्था हेर्दा थापा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। दुबैका लागि जित उत्सव र अवसर हुनेछ। भने हार राजनीतिक जीवनको परीक्षा हुने देखिन्छ।

दुबै जनाबीच राजनीति भन्दा बढी व्यवहारिक सम्बन्ध भएका उम्मेदवार चुनावी प्रतिस्पर्धाले भने वैचारिक लडाइका लागि मैदानमा भिडाएको छ। १८ वर्षको उमेरमै वाल्मिकी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का इकाई समिति सदस्य बद्री पाण्डे।

२०४८ सालमै काँग्रेसको चुनावी प्रचारमा हिँडिसकेका थिए। यता कर्णबहादुर थापा पनि २०४८ सालमै नेपाल ल क्याम्पसको स्ववियु सभापति भइसकेका थिए। २०४८ कै निर्वाचनदेखि संगठन विस्तार र चुनावी प्रचार अभियानमा सक्रिय थिए। सक्रियता, सम्बन्ध र संगठनका हिसाबमा थापा बलिया उम्मेदवार हुन्। थापा जिल्लामा राम्रो छाप छोडेका नेताका रुपमा छन्।

पाण्डे केन्द्रीय राजनीतिमा हाबी देखिएपनि जिल्लामा अपेक्षा अनुसारको संगठनात्मक समर्थन देखिदैन्। तर काँग्रेसकै केन्द्रीय पदाधिकारी भएपछि पाण्डेलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ। राजा र पञ्चका विरुद्धमा लडेका दुबै जनाले लोकतन्त्र प्राप्तिका लागि पनि योगदान पुर्‍याएका छन्। थापा भीम रावल र लेखराज भट्ट पछि सिंगो प्रदेशकै निर्विकल्प नेता हुन्। पाण्डेपनि देउवा पछिका एनपी साउँद र रमेश लेखककै हैसियतमा आफ्नो छवी बनाएका छन्।

जिल्लाका लागि दुबै जना रुचि र रोजाइका पात्र हुन्। जस्ले जितेपनि दुबै जनाको प्रभावी भूमिका रहनेमा शंका गर्ने ठाउँ छैन। तर मतदाताको रोजाई र आकर्षणले प्रभाव पार्ने देखिन्छ। स्थानीय तहको मत परिणाम, गठबन्धन भित्रको विद्रोह र पार्टी भित्रमा जिल्ला तहको प्रभाव हेर्दा थापालाई सहज देखिन्छ। तर गठबन्धनको इमान्दारी सहयोग रहेमा सहज जित निकाल्न सकस नै हुने अवस्था छ।

चर्चामा

सम्बन्धित समाचार