शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • असोजमा ३४ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८७ प्रतिशतभन्दा तल

असोजमा ३४ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८७ प्रतिशतभन्दा तल

  • सोमवार, अशोज ३१, २०७९
असोजमा ३४ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८७ प्रतिशतभन्दा तल

दशैं बिदामा घटेको वाणिज्य बैंकको निक्षेप पछिल्लो साता भने बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज चौथो साता (२१–२८ असोज) मा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले वृद्धि भएको छ । असोज तेस्रो साता दशैंमा (१४ देखि २१ असोज) ८ अर्बले घटेको निक्षेप चौथो साता पुनः त्यति नै बढेको छ ।

१४ असोजमा ४५ खर्ब १९ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप २१ असोजमा घटेर ४५ खर्ब ११ अर्बमा झरेको थियो । तर, २८ असोजमा आउँदा पुन बढेर ४५ खर्ब १९ अर्ब नै पुगेको बैंकर्स संघले जनाएको छ ।

असोज लागेपछि वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्बले वृद्धि भएको बैंकर्स संघको तथ्यांक छ । भदौ मसान्तमा ४४ खर्ब ८६ अर्ब रहेको निक्षेप करिब ३४ अर्बले बढेर २८ असोजमा ४५ खर्ब १९ अर्ब पुगेको हो ।

यता असोज लागेपछि कर्जा भने ३ अर्बले मात्रै बढेको छ । भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब रहेको कर्जा ७ असोजमा ४१ खर्ब ९४ अर्ब र १४ असोजमा ४१ खर्ब ९७ अर्ब पुगेको थियो । त्यसपछि २१ असोजमा ४१ खर्ब ९३ अर्बमा झरेकोमा २८ असोजमा पनि ४१ खर्ब ९३ अर्ब नै रहेको बैंकर्स संघले जनाएको छ ।

निक्षेप ३४ अर्बले वृद्धि हुँदा कर्जा ३ अर्बले मात्रै बढ्दा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि ८७ प्रतिशतबाट तल झरेको छ । २८ असोजमा औसत सीडी रेसियो ८६.९६ प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार