शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नाईना वस्ती पहिरोको उच्च जोखिमा

नाईना वस्ती पहिरोको उच्च जोखिमा

  • शनिबार, अशोज २९, २०७९
नाईना वस्ती पहिरोको उच्च जोखिमा

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नंः६ नाईना वस्ती पहिरोको उच्च जोखिममा रहेको छ । नाईनाका करिब १२ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका बताइएको छ ।

उक्त वस्तिमा २०६८साल देखि अहिले सम्म पनि पहिरो बगिरहेको स्थानियहरुले बताएका छन । पहिरोले पुरै वस्ती जोखिममा भए पछि त्याहाँका स्थानियहरु त्रासमा बस्दै आएका छन । अहिलेको बर्षातमा पनि पहिरो झन तिब्ररुपममा बगिरहेकाले त्याहाँका स्थानियहरु चिन्तामा परेका छन ।

नाईनामा रहेका ८ दलित परिवार लगाएत ४ ओटा बिष्टका घरपरिवार पहिरोको जोखिममा रहेका स्थानियहरुले बताएका छन । नाईना बस्तिको अगाडीबाट पहिरो लागेकाले बस्ति नै विस्थापित हुने देखएिको छ । वस्ति नै पहिरोको चपेटामा रहेकाले त्याहाँका स्थानयिहरु रातभर जागराम बस्न बाध्य भएका छन ।

स्थानिय धनसरा चदाराले भने पहिरोले घर नै बगाउनै लागेकाले बर्षातमा पाल हालेर बस्नु परेको बताए । पहिरोले  घर लगाएत खेतबारी नै बगाउन थालेकाले अब कहाँ बस्ने के खाने निकै चिन्ता लागेको  बताए ।  पहिरोले बस्ती जोखिममा रहेकाले वस्ती स्थानान्तरण गर्नु पर्न स्थानियले बताएका छन । लामो समय सम्म पहिरोको त्रासमा बस्दै आएपनि कसैले वास्ता नगरेको स्थानियहरुले गुनासो गरेका छन ।
यस बिषयमा खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिसुनाथले भने बस्ती स्थानान्तरण गर्न बिषयमा कार्यपालिका बैठकमा छलफल भई ठाउँपनि तोकिसकेको बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार