बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • दशै बितिसक्दा पनि खप्तड छेडेदहका अधिकांश ग्रामीण सडक सञ्चालनमा आएन

दशै बितिसक्दा पनि खप्तड छेडेदहका अधिकांश ग्रामीण सडक सञ्चालनमा आएन

  • बिहिबार, अशोज २७, २०७९
दशै बितिसक्दा पनि खप्तड छेडेदहका अधिकांश ग्रामीण सडक सञ्चालनमा आएन

 टेक बहादुर बुढा /बाजुरा –  जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकाका अधिकांश ग्रामीण सडकहरु दशै बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैन । गाउँपालिका भित्र रहेका सडकहरु सञ्चालनमा नआउदा नागरिकहरुलाई निकै सास्ती हुँदै आएकाे छ । सडक सञ्चालन आउन नसकेकै कारण आवतजावतका साथै दैनिक उपभाेग्य सामाग्रीहरु ढुवानीमा समस्या भएकाे छ ।

खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरुले दशै अगाडि नै गाउँपालिका भरिका सम्पूर्ण सडकहरु सञ्चालन गर्न भने पनि अहिलेसम्म सञ्चालन हुन नसकेका भन्दै स्थानीयहरुले गुनासाे गरेका छन । गाउँपालिकाकाे वडा नंः४ मा भने सडकहरु सञ्चालन गर्ने काम भईरहेकाे वडा अध्यक्ष दल बहादुर रावतले बताएका छन । उता खप्तड छेडेदह गाउँपालिका वडा नंः३ काे बेतालमाण्डाै हुँदै गाउँपालिका जाेड्ने सडक पनि सञ्चालनमा आउनकाे सकेकाे छैन ।

सडक सञ्चालन नहुदा यातायात त टाढै थियाे आवतजावतमा निकै समस्या भएकाे त्याहाँका स्थानियहरुले बताएका छन । वडा अध्यक्ष बिर्क बहादुर रावतले भने दशै अगावै सञ्चालनमा आउने भने पनि अहिलेसम्म सञ्चालन नभएकाे स्थानीयले बताए । यस बिषयमा तर वडा अध्यक्ष बिर्क बहादुर रावतले भने सडक सञ्चालन गर्न गिर्हकार्य अगाडि बढाए पनि मेसिन नपाएर उक्त काम ढिलाई भएकाे बताए । अब मेसिन पायाेभने तिहार अगाडि नै सडक खुलाई सक्ने वडा अध्यक्ष रावतले बताएका छन ।

अबकाे केही दिन भित्रै गाउँपालिका भरिका सम्पूर्ण सडकहरु सञ्चालनमा आउने गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार