बाजुरा — एक प्रतिनिधी सभार निर्बाचान क्षेत्र र दुई प्रदेश सभा निर्बाचान क्षेत्र रहेको बाजुरा जिल्लामा १४ जनाको उम्मेदवारी रहेको छ । आसन्न मसिंर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि बाजुरामा मनोनयन दर्ता सम्मपन्न भएको छ ।
प्रतिनिधी सभामा नेकपा एमालेका स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, नेपाली काँग्रेसबाट बद्रि पाण्डे, राम बहादुर शाही जनसमाजबादी नेपाल र नेपाल समाजबादी पार्टीका नेता टेक बहादुर बडुवाल (स्वतन्त्र) गरी ४ जनाले उम्मेदवारी दिएका छन ।
प्रदेश सभा (क) मा बलदेव रेग्मी ( नेकपा एमाले), सहदेव बोगटी ( स्वतन्त्र) नेकपा एमालेको बागी उम्मेदवार,रंगमान शाही ( स्वतन्त्र) नेकपा एमालेको बागी उम्मेदवार, बाम लोकतान्त्रीक गठबन्धनबाट नेकपा माओबादी केन्द्रका कर्णबहादुर बि.क. र नेकपा एकीकृत समाजबादी पार्टी बाट नरेस कुमार शाही गरी ५ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी प्रदेश सभा (ख) मा नेकपा एमालेका तर्फबाट लाल बहादुर थापा नेपाली काँग्रेसबाट पदम बहादुर शाही, राप्रपाबाट हिमाल बहादुर शाही र स्वतन्त्रबाट जनक बहादुर रावल गरि ४ जनाको उम्मेदवारी रहेको निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा प्रतिनिधि सभामा एमाले स्थायी कमिटि सदस्य कणर् बहादुर थापाले पाएका छन् । प्रतिनिधीसभामा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार हुने गरी दुई वटै प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको हो। प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका कणर्बहादुर विक केशवले टिकट पाएका छन भनेतै प्रदेश निर्वाचन क्षेत्र (ख) बाट नेपाली काँग्रेसका प्रदेश समिति सदस्य पदमबहादुर शाही उम्मेदवार रहेका छन ।
काँग्रेस भित्रै पनि विरोध हुन सुरु भएको छ । जनमत नै नभएको पार्टीलाई टिकट दिएर निष्ठावान नेता जनक कुमार गिरीलाई पाखा लगाएको आरोप छ । पार्टी सभापति रामसिंह रावल र चक्र शाहलाई न्याय नगरेको आक्रोश पनि काँग्रेसमा छ । उसो त कविराज पण्डितलाई संघमा टिकट नदिएको प्रति सार्वजनिक रुपमा विरोध सुरु भएको छ।