बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • बर्षातका कारण छेडेदह फुटबल कप २ दिनका लागि सारियो

बर्षातका कारण छेडेदह फुटबल कप २ दिनका लागि सारियो

  • शुक्रबार, अशोज २१, २०७९
बर्षातका कारण छेडेदह फुटबल कप २ दिनका लागि सारियो

बाजुरा २१ असोज — छेडेदह स्पोर्ट क्वलबले आयोजना गरेको चौथो छेडेदह फुटबल प्रतियोगिता बर्षातका कारण २ दिन सारिएको छ । असोज २२ गतेबाट सुरु हुने गरि तयारी थालिएको फुटवल प्रतियोगिता बर्षतका करण २ दिन पछि सुरु गरिने आयोजकले जानकारी दिएको छ । खेल असोज २४ गतेबाट बिहान ११ बजेबाट सुरु हुने जनाएको छ ।

बाजुरा जिल्लाकै सर्बाधिक राशिको फुटबल प्रतियोगिताका पुरस्कारहरुमा प्रथम पुरस्कार २ लाख ३३ हजार ३ सय ३३ र द्धितीय पुरस्कार  १ लाख २२ हजार २ सय २२ राशी रहेने भएको छ । साथै पाँच जनालाई मेडल, ट्रफि, प्रमाण पत्र सबैलाई प्रदान गरिने जनाएको छ ।

त्यसै गरी विधामा दिईने पुरस्कार उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ समेत पुरस्कारको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।

पूर्ब निर्धारित समय भन्दा बर्षातका कारण दुई दिन पछि सारिएको प्रतियोगितमा सहभागि हुन फोन मार्तत टिम दर्ता गर्न सकिने र टिम दताको समय पनि असोज २३ गतेसम्म सारिएको जानकारी दिएको छ ।

टिम दर्ता शुल्क रु १२,०००। र धरौटी रकम (पछि फिर्ता हुने गरी) रु ३,०००। तिर्नु पर्नेछ । खान र बस्नको प्रबन्धक स्वयम टिम वा क्लबले नै व्यवस्थापन गर्नु पर्ने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार