बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • महँगीको मारमा दशै तिहार मनाउदै बाजुराबासी

महँगीको मारमा दशै तिहार मनाउदै बाजुराबासी

  • शनिबार, अशोज १५, २०७९
महँगीको मारमा दशै तिहार मनाउदै बाजुराबासी

बाजुरा — हिमाली गाँउपालिका १ कोट बस्ने धनसिर रोकायाले महँगीको मारमा दशै तिहार मनाउने भएका छन् । घर बाट दुईदिनको दुरीमा रहेको कवाडी बिक्रि डिपोमा असार देखी चामल सकिएपछि महँगिमा दशै र अन्य चाडपर्व मनाउने तयारीमा छन् । डिपोमा प्रतिकेजी ४७ रुपैयामा चामल किन्न पाँउथ्यौ, तर बजार बाट किन्दा प्रतिकेजी ९० देखी १ सय सम्म हालेर किन्ने गरेको धनसिरले वताए ।
सड्क यातायात बाट निकै टाढा र दुर्गम रहेको कोट गाउँका ९० परिवारले दशै र तिहार महँगीमा मनाउने तयारीमा छन् । चर्को मुल्य हालेर चामल र अन्य दैनिक उपभोग्य सामान किन्ने गरेका छौ, हाम्रा लागि दशै र चाडपर्व आउनुको अर्थ न ब्यर्थ रहेको स्थानिय हिउजला रोकायाले वताईन् । कोल्टिमा खाद्यन्न लिन एकसाता लाग्ने गरेको छ गाँउमा निकै महँगो रहेको हिउजलालले वताईन् ।
हिमाली गाँउपालिका ४ कवाडीमा रहेको खाद्य डिपो असार यता एकदाना चामल छैन् । चामल नभएपछि हिमाली गाउँपालिका सबै बासिन्दाले खाद्य संकटको मारमा चाडपर्व मनाएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । चामलका लागि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडको मार्तडी र जिल्ला प्रशासनमा खबर गर्दा पनि अहिले सम्म चामलको एकदाना पनि नआएको वताए ।
हिमाली गाँउपालिका ३ का स्थानिय जगत लामाले भने सधै झै यो पालि पनि खाद्य संकटको मारमा दशै तिहार मनाउने तयारीमा रहेको वताए । खडेरीका कारणले लगाएको अन्नवाली फल्न नपाउदै सुक्ने गरेको छ । सधै खाद्य संस्थान र बजारको चामल भर पर्नु परेको लामाले वताए । अहिले गाँउमा खाद्य संकट रहेको उनले थपे ।
हिमाली गाउँपालिका मात्र नभइ सदरमुकाम मार्तडीका बासिन्दाले समेत महँगीको मारमा चाडपर्व बनाउन बाध्य भएका छन् । सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्डको अम्कोटमा सडक सञ्चालनमा नआएपछि महँगीको मारमा परेको प्रमुख जिल्ला अधिकारी प्रकाश राज अधिकारीले वताएका छन् । जिल्लाका ९ पालिका मध्ये ६ पालिका बासिन्दा यो बर्ष दशै र तिहार महँगीमा मनाउने भएको अधिकारीले वताए ।
बाह्रै महिना खाद्य संकटको चपेटामा रहेको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटका बासिन्दालाइ चाडपर्व आउनु र नआउनु केही अर्थ छैन् । १२ महिना खाद्यन्न पुग्ने एक परिवार नरहेको उक्त गाउँमा अधिकांश बासिन्दा १ महिना मात्र खान पुग्ने परिवार रहेका छन् । यो गाउँ झनै मारमा परेको स्थानिय लंक बहादुर बिकले वताए ।
महँगीको मारमा सबै भन्दा हिमाली, स्वामिकार्तिक खाप, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका बासिन्दा परेका छन् । साँफे मार्तडी सडक सँगै मार्तडी कोल्टि सडक सञ्चालनमा नआउदा खाद्य संकटको मार सँगै महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य सामानको मुल्य निकै आकासिएको स्थानियले वातएका छन् ।

चर्चामा

सम्बन्धित समाचार