शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • भगवती सिर्जनशील बालक्वलबद्वारा आयाेजित सास्कृतिक तथा शुभकामना आदान प्रदान

भगवती सिर्जनशील बालक्वलबद्वारा आयाेजित सास्कृतिक तथा शुभकामना आदान प्रदान

  • शुक्रबार, अशोज १४, २०७९
भगवती सिर्जनशील बालक्वलबद्वारा आयाेजित सास्कृतिक तथा शुभकामना आदान प्रदान

टेक बहादुर बुढा — जिल्लाकाे खप्तड छेडेदह गाउँपालपका वडा नंः ३ धनाल्त स्थित भगवती सिर्जनशील बालक्लब द्वारा आयाेजित सास्कृतिक तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ
। बिजया दशमी तथा शुभदिपावलीकाे अबसरमा बालक्लबले सास्कृतिक तथा सुभकामना अादान प्रदान कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रम धनाल्त आधारभुत बिद्यालयकाे प्रङ्गणमा भएकाे थियाे ।

भगवती सिर्जनशील बालक्लबका अध्यक्ष कुस्मा रावतकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रम का प्रमुख अथिति खप्तड छेडेदह गाउँपालिका वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावत रहेका थिए ।

त्यस्तै बिशिष्ट अथितिमा धनाल्त आधारभुत बिद्यालय वि व्य स का अध्यक्ष धन बहादुर रावत , अपांगता एकता समाजका रमेश रावत र अथितिमा निबर्तमान बि व्य स अध्यक्ष वीर बहादुर बुढा लगायत अन्य अथितिहरुकाे उपस्थिति रहेकाे थियाे ।

सास्कृतिक तथा सुभकामना आदान प्रदान कार्यक्रम का प्रमुख अथितिका रुपमा बाेल्दै वडा अध्यक्ष बिर्क बहादुर रावतले भने बालबालिकाहरुले गर्न हरेक क्रियाकलापहरुमा सधैं साथ सपाेट गर्ने बताए ।

बालबालिकाहरुका हरेक क्षेत्र तथा क्रियाकलापमा आफ्नाे तर्फबाट सधैं सातसपाेट तथा सहयाेग हुने वडा अध्यक्ष रावतले प्रतिबद्धता व्यक्त गरेका छन ।

उक्त सास्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले बर्तमान समाजमा उग्ररुप लिरहेकाे बालबिवाह जस्ता नकारात्मक विकृति विसङगति काे न्युनिकरण गर्न सबैले आ – आफ्नाे क्षेत्रबाट लाग्नुपर्ने कुरामा जाेड दिएका थिए ।

वडा नं:३ का सम्पूर्ण बालक्लबका पदाधिकारी, अभिभावक , वडाका जनप्रतिनिधि लगायत सम्पूर्ण व्यक्तत्वहरुकाे सहभागी रहेकाे कार्यक्रमकाे सञ्चालन दिपेन्द्र बुढाले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार