शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ
  • धनगढीका हिराले किन चोरे ८ लाख भारु ? भने कारण

धनगढीका हिराले किन चोरे ८ लाख भारु ? भने कारण

  • बुधबार, भदौ २९, २०७९
धनगढीका हिराले किन चोरे ८ लाख भारु ? भने कारण

धनगढी – कैलालीको धनगढीका हिरा विक केहीदिन अघि भारतबाट फकिर्एका थिए। मुम्बईमा एक व्यक्तिको घरमा काम गर्दै आएका उनले भारतीय ८ लाख रुपैयाँ समेत लिएर आएका थिए। तर उनले त्यो रकम कमाएर हैन चोरेर ल्याएका थिए।उक्त जानकारी पाएपछि बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा रहेको उनको घरमा छापा हानेको थियो। प्रहरीले घरको भकारीमा लुकाएर राखेको अवस्थामा ८ लाख भारु बरामद मात्रै गरेन विकलाई हिरासतमा समेत लियो।पक्राउपछि सोधपुछका क्रममा उनले उक्त रकम आफ्नै शाहुको घरबाट चोरेको भनेर बयान दिएका छन्। कलिलै उमेरदेखि आफू शाहुको घरमा काम गर्ने गरेको तर शाहुले आफूलाई तलब नदिएकाले पैसा चोरेर भागेको उनले बयान दिएका हुन्। शाहुले ज्याला नदिएकै कारण ८ लाख चोरेको भनि विकले बयान दिएको एक प्रहरी अधिकारीले बताए।

अहिले ३२ वर्षीय विकमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउदै उक्त रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने तयारी प्रहरीले गरेको छ। नेपालस्थित भारतीय दुतावासमार्फत चोरीको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार