बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • बाजुरामा जनशक्ती अभावका कारण सुरक्षित गर्भपतनमा समस्या

बाजुरामा जनशक्ती अभावका कारण सुरक्षित गर्भपतनमा समस्या

  • मङ्लबार, भदौ २८, २०७९
बाजुरामा जनशक्ती अभावका कारण सुरक्षित गर्भपतनमा समस्या

टेक बहादुर बुढा, — बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति नहुदाँ सुरक्षित गर्भपतन लगायतका स्वास्थ्य सेवा प्रभाहमा समस्या हुने गरेको छ ।  जिल्लामा १५ ओटा स्वास्थ्य संस्था सुरक्षित गर्भपतनका लागि मान्यता प्राप्त रहेका छन । तर जिल्लाका धेरै स्वास्थ्य संस्थामा जनशक्ती अभावका कारण सेवा संचानमा समस्या भएको पाईएको छ ।
जसमा बाजुराको बुढिनन्दा नगरपालिकामा रहको पाण्डुसैन स्वास्थ्य चौकी, हिमाली गाउँपालिकाको रुगिन स्वास्थ्य चौकी, स्वामिकार्तिक खापर गाउँपालिकामा रहको साप्पाटा स्वास्थ्य चौकी अहिले जनशक्ति बिहिन अबस्थामा रहेका छन । त्यसै गरि जगन्नाथ स्वास्थ्य चौकी हुनिमहती स्वास्थ्य चौकी र बडिमालिका नगरपालिकामा रहका जुगाडा स्वास्थ्य चौकी र बुढिगंगा स्वास्थ्य चौकीमा पनि जनशक्ती अभावका कारणा सेवा प्रबाहमा समस्या भएको छ ।
नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारी ऐन २०७५ ल्याइसकेको भए पनि बाजुरा जिल्लामा भने जनसशिक्ती अभावका कारण महिलाहरुले असुरक्षित गर्भपतनको बाटो रोज्दै आएका छन । स्थानिय सरकारले पनि चासाे नदिएकाे र प्रदेश र संघिय सरकारकाे बेवास्थाका कारण बाजुरामा महिलाहरुले समस्या झेल्नुपर्ने बाध्यता रहेकाे छ ।
सुरक्षीत गर्भपतन सेवा सवलीकरण परियोजनाको आयोजनामा र आइपास साझेदारीमा बाजुरा जिल्लामा  यो परियोजनाले काम गर्मी गर्दै आएकाे छ ।  सुरक्षित गर्भपतन अधिकार सुनिश्चितताका लागी थप सशक्त रुपमा कसरी अगाडी बढ्ने भन्ने बिषयमा पत्रकारहरु स‌ंगकाे छलफलमा सुरक्षित गर्भपतन सम्बन्धी समिक्षा गरिएकाे थियो । उक्त परियोजना जिल्लाको बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकामा लागु गरिएको पीसविन बाजुराका कार्यक्रम संयोजक धर्म बहादुर रोकायाले बताए । सुरक्षित गर्भपतनको अधिकार सुनिश्चित गराउनका लागी विभिन्न सघं सस्थाहरु लागीरहेता पनि राज्यले बिशेष ध्यान दिन नसकेको रोकायाले बताए । यस बिषयमा सम्बन्धित स्थानिय सरकारले ध्यान नदिएको समेत समिक्षा भएको थियो ।
सोमबार पत्रकारहरुसंगको छलफल कार्यक्रममा सुरक्षीत गर्भपतन सेवा सवलीकरण परियोजनाको आयोजनामा र आइपास साझेदारीमा सुरक्षीत गर्भपतन अधिकार मौलिक हक सुनिश्चितताको आधार भन्ने मुल नाराका साथ अभिमुखीकरण कार्यक्रम गरिएकाे थियाे । उक्त परियोजनाले सुरक्षीत गर्भपतन का बिषयमा  कार्यक्रम गर्दै आएको छ । अभिमुखीकरण कार्यक्रममा परियोजनाले हाल सम्म गर्दै आएका कामहरुको सार्वजनिक तथा समिक्षा समेत गरेको पीसविन बाजुराका कार्यक्रम संयोजक धर्म बहादुर रोकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार