बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बार्जुगाड लघु जलबिद्युत संरक्षणमा कसैकाे ध्यान गएन

बार्जुगाड लघु जलबिद्युत संरक्षणमा कसैकाे ध्यान गएन

  • बुधबार, भदौ २२, २०७९
बार्जुगाड लघु जलबिद्युत संरक्षणमा कसैकाे ध्यान गएन

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नःं ३ मा रहेको बार्जुगाड लघु जलबिद्युतको संरंक्षणमा ध्यान दिन नसक्दा स्थानिय अध्यारोमा बस्न बाध्य भएका छन । उक्त जलबिद्युतबाट अहिले करिब १५ सय घरदुरीले अध्यारोमा बस्न बाध्य भएका छन ।
जलबिद्युतको नहर, बिद्युत गृह जिणर् अबस्थामा रहकोले बनाउन तिर कसैको ध्यान नगएको स्थानियले बताएका छन । आर्थिक व्यावस्तापन गर्न नसक्दा सम्स्या भएको यन अन्य कुनै कारणले हो सो बिद्युत संचालनमा नआएको ९ बर्ष भन्दा बढि भइसकेको स्थानियले बताएका छन । स्थानिय दिल बहादुर रावतले भने कर्मचारीको लापरबाहिले गर्दा नागरिकले समस्या भोग्नु परेको बताए । स्थानिय रावतले भने बर्षामा नहर लिएर अध्यारो र हिउँदमा पानि नपुगेर अध्यारोमा बस्नु परेको बताए ।
स्थानिय मन बहादुर धामीले भने अहिले कर्मचारीले आफ्नो मनमानी रुपमा काम गरिरहेका भन्दै गुनासो गरे । कर्मचारीले आफ्नो तलबको लागी मात्र पैसा उठाउने र अहिले सम्म कुनै लेखाजोखा नगरेको बताए । कहिले काहि आउँछन बिजुली तर आएपनि एउटा मोबाइल समेत चार्ज नहुने गरेको स्थानीय बादुरे बुढाले बताए ।
जलबिद्युतको नहर सडकको माथी भएकाले बर्षामा सधै पहिरोले बिद्युत अबरोध गर्ने गरेको स्थानियले बताएका छन । अहिलेको समितिले कुनै वास्ता नगरेका कारण बिद्युत बाल्नबाट स्थानिय बञ्चित हुनु परेको स्थानियको गुनासो रहेको छ । जलबिद्युतको नयाँ समिति नबन्दा सम्म याहाँका नागरिकले अध्यारोमा बस्नु पर्न स्थित देखिएको स्थानियले बताएका छन ।
खप्तड छेडेदह गाउपालिका वडा नःं ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले भने व्यावस्थापन समिति र अपरेटरको कमजोरीका कारण समस्या उत्पन्न भएको बताए । वडा अध्यक्ष रावतले भने अब बैकल्पिक उर्जाद्धारा बिद्युत संचालन गरिने बताएका छन । वडाबाट कुनै कमजोरी नभएको बताए । जलबिद्युतलाइ बजेट समेत छुट्याएको तर समितिले काम नगरेका कारण सो समस्या आएको बताएका छन ।
बार्जुगाड लघु जलबिद्युतमा कार्यरत अपरेटर खडक बहादुर खड्काले भने आफ्नो कुनै कमजोरी नरहेको बताए । अपरेटर खड्काले भने आफुले कहिल्यै पनि तलब नपाएको बताएका छन । यसमा प्रमुख कमजोरी भनेको व्याबस्थापन समितिको रहेको उनले बताएका छन । वडामा राष्ट्रिय प्रसारण लाइन जोड्नका लागी अहिले सम्म कसैले वास्ता नगरेको स्थानियले दुखेसो गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार