बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउपालिका वडा नंः ३ मा बाल सन्जाल समिति गठन

खप्तड छेडेदह गाउपालिका वडा नंः ३ मा बाल सन्जाल समिति गठन

  • मङ्लबार, भदौ २१, २०७९
खप्तड छेडेदह गाउपालिका वडा नंः ३ मा बाल सन्जाल समिति गठन

टेक बहादुर बुढा–  जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नः ३ मा वडा स्तरिय बाल सन्जाल समिति गठन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच वडा कार्यलयमा नयाँ समिति गठन गरिएको गाउपालिका बाल सन्जालका अध्यक्ष सोनम सुनारले बताएका छन ।
वडामा पुरानो समितिलाइ बिगठन गरि नयाँ समिति गठन गरिएको अध्यक्ष सुनारले बताए । उक्त नयाँ समितिमा अध्यक्षमा मनोज धामी, उपाध्यक्ष कुुस्मा रावत र सचिव कलक रावत रहेका छन ।
त्यस्तै सह -सचिब कोपिला खड्का, कोषाध्यक्ष निर्मला रावत र सदस्य बिरेन्द्र धामी लगाएत अन्य सदस्य समितिमा रहेका छन । उक्त समितिले समाजमा रहेका सामाजिक समस्या र विकूति लाइ न्यूनिकरण गर्न सधै लागी पर्न अध्यक्ष मनोज धामीले बताए ।
अहिले हाम्रो समाजमा दिनप्रतिदिन बढिरहेको बालबिबाह लाइ कम गर्न विभिन्न सचेतना मुलक कार्यक्रम सन्चालन गर्ने अध्यक्ष धामीले बताएका छन । उक्त कार्यक्रम वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतको अध्यक्षतामा संचालन भएको थियो ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष रावतले यस बाल सन्जाललाइ वडाको तर्फबाट साथ सहयोग रहने बताए । अहिले यस वडामा बालबिबाहले उग्ररुप लिरहेकाले यसलाइ कम गर्नका लागी सक्रीय रुपमा लाग्न अध्यक्ष रावतले आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार