शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा महिनावारी स्वच्छता सम्बन्धी २ दिने कार्यशाला गोष्ठी

बाजुरामा महिनावारी स्वच्छता सम्बन्धी २ दिने कार्यशाला गोष्ठी

  • शनिबार, भदौ ११, २०७९
बाजुरामा महिनावारी स्वच्छता सम्बन्धी २ दिने कार्यशाला गोष्ठी

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी  दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । बाजुरा जिल्लामा  काेइकाकाे आर्थिक सहयाेग तथा गुडनेवर्स इन्टरनेश्नलकाे प्राबिधिक सहयाेगमा पीसविन नेपाल नामक  गैर सरकारी संस्थाको आयोजनामा सो गोष्ठी संचालन गरिएकाे हाे ।
संस्थाकाे कार्यक्षेत्रमा रहेका ५ वटा स्थानिय तहका प्रमुख उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत तथा ४० ओटा माध्यामिक विद्यालयमा कार्यरत रहेका प्राधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई सहभागीता गराएकाे छ ।
विद्यालयमा हुने महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी के गर्न सकिन्छ भन्ने बिषयमा दुई दिनसम्म सो कार्यशाला गोष्ठी रहने आयोजकले जनाएको छ ।

No description available.
बाजुरा जिल्लामा संचालित परियाेजनाले महिनावारी सम्बन्धी परियोजनाद्धारा आयोजित दुई दिने  गाेष्ठी म‌गबार देखी बिभिन्न चरणमा   मार्तडीको अपि होटलको तालिम हलमा संचालन गरिएको छ ।
तालिममा बडिमालिका नगरपालिका बुढिगंगा नगरपालिका, त्रिबेणी नगरपालिका,  खप्तड छेडेदह गाउँपालिका र गौमुल  गाउँपालिका लगायतका  ४० वटा मावि विद्यालयका प्रअ र बिब्यस अध्यक्षहरुको सहभागीता रहेको छ ।
विद्यालयमा नै महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई विद्यालय क्षेत्रमा मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनको वातावरणको सिर्जना गर्नका लागी गोष्ठीको आयोजना गरिएको आयोजना गरिएको गुड नेवर्स ईन्टरनेश्नलका परियोजना संयोजक देबेन्द्र शाहले बताए ।
किशोरीहरुलाई महिनावारी स्वास्थ्य र सरसफाईबारे संवेदनशील बनाउन पालिकाहरु महिनावारी स्वच्छता सम्बन्धी यस अघि परियाेजनाकाे  कार्यक्षेत्रमा रहेका स्थानिय तहका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसंग सो गोष्ठी  आयोजना गरिएको गुड नेवर्स ईन्टरनेश्नलका परियोजना संयोजक शाहले बताए ।
उहाहरुको सहभागीता अर्थपुर्ण रहेकोले अव स्थानिय तहरुले महिनाबारी स्वच्छता सम्बन्धी कार्यक्रमहरु तय गरेर अगाडी बढ्ने प्रतिबद्ध भएका छन शाहले भने ।

No description available.
शिक्षकहरु पनि यस विषय सम्बन्धी खुलेर छलफल गर्न धक मान्छन् भने विद्यार्थीहरु पनि शिक्षकहरुसँग लाज मान्ने गर्छन् । अभिभावकहरुले पनि जानेका कुरा तथा अनुभवहरु आफ्ना बालबालिकासँग छलफल गर्ने अभ्यास निकै नै कम छ ।
जसले गर्दा कति बेला के गर्ने, के नगर्ने भनेर नजान्दा किशोरकिशोरीहरुले विभिन्न किसिमका शारीरिक तथा मानसिक तनाव झेल्नु परेको अबस्थालाई न्युनिकरण गर्न सकिने आयोजकले जनाएको छ ।
महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सु-स्वास्थ्यमा सुधार भई दैनिकी सहजता ल्याउने उदेस्यका साथ गोष्ठीको आयोजना गरिएको परियोजनाका स्वास्थ्य अधिकृत महेश जोशीले बताए ।

No description available.
गुड नेवर्स इन्टरनेश्नले बिगत लामो समय देखी बाजुरामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको छ ।
बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्थर सुधार गर्ने उदेस्यका साथ गुड नेवर्स इन्टरनेश्नले बिद्यालय र समुदाय स्तरमा काम गर्दै आएको परियोजनाका स्वास्थ्य अधिकृत जोशीले बताएका छन ।
गुड नेवर्स इन्टरनेश्न सन २००२ देखी नेपालका बिभिन्न जिल्लामा बिपन्न बर्गहरु, खास गरि बालबालिकाको जीवनस्तर सुुधार बाल संरक्षण शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
सदरमुकाम मार्तडीमा आयोजित २ दिने कार्यशाला गोष्ठीमा बडिमलिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको प्रमुख आथित्यमा संचालन गरिएको थियो । कार्यक्रमको संचालन परियोजना स्वास्थ्य अधिकृत महेश जोशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार