सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदह गाउपालिका का जनप्रतिनिधीले गरे हिष्ट फाउण्डेशनलाई सहयोग

खप्तड छेडेदह गाउपालिका का जनप्रतिनिधीले गरे हिष्ट फाउण्डेशनलाई सहयोग

  • बिहिबार, भदौ २, २०७९
खप्तड छेडेदह गाउपालिका का जनप्रतिनिधीले गरे हिष्ट फाउण्डेशनलाई सहयोग

टेक बहादुर बुढा — बाजुराको खप्तड छेडेदह गाउपालिका का जनप्रतिनिधीहरुले कैलालीको धनगढीमा रहेको हिष्ट फाउण्डेशनलाई आर्थिक सहयोग गरेका छन् ।
उनिहरुले हिष्ट फाउण्डेशनमै पुगेर वडा नम्बर १ का वडा अध्यक्ष बिर बहादुर रावल,वडा नम्बर २का वडा अध्यक्ष भक्त बहादुर बुढा र वडा नम्बर ३का वडा अध्यक्ष बिर्क बहादुर रावतले संयुक्त रुपमा आर्थिक सहयोग गरेका हुन । जनप्रतिनिधि हरुले ८हजार रुपैयाँ फाउण्डेशनका व्यवस्थापक चन्दा तिरुवालाई संयुक्त रुपमा  बुधबार उक्त रकम हस्तान्तरण गरेका हुन ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर १का वडा सदस्य बहादुर रोकाया र समाज सेवी टेक बहादुर रोकाया लगायत अन्य व्यक्तिहरु को सहभागिता रहेको थियो । साे  फाउण्डेशनमा दृष्टि बिहिन,अपाङ्गता तथा गरिब असहाय बालबालिका रहेका छन । फाउण्डेशन लाई सहयोग गर्दै वडा नम्बर ३का अध्यक्ष बिर्क बहादुर रावत ले भने उक्त फाउण्डेशनमा रहेका बालबालिका को लागि थोरै भए पनि सहयोग गरेको बताउनुभयो ।

जनप्रतिनिधि हरुले फाउण्डेशन लाई आफ्नो सहयोग सधै रहिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । गाउपालिका को वडा नम्बर १ लुगेनाकी विगत पाँच वर्षदेखि ओडारमा बस्दै आएकी जलु देवी बुढालाई साथ मा लगाएर उनिहरु धनगढी पुगेका थिए । सामाजिक अभियानता यसोदा भट्ट र हिष्ट फाउण्डेशनकी सन्चालक कल्पना भट्टको अग्रसरता तथा वडा अध्यक्ष रावलको पहलमा गत शुक्रबार बुढाको उद्धार गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार