शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स

एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स

  • मङ्लबार, साउन ३१, २०७९
एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौं — एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका नेपालीमार्फत १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको रेमिट्यान्स भित्रिएको हो । यो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा रेमिट्यान्स ९.८ प्रतिशतले बढेको थियो । रेमिट्यान्स असारमा मात्र १ खर्ब ३ अर्बले भित्रिएको छ । अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले बढेर ८ अर्ब ३३ करोड डलर भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो ।

एक वर्षको अवधिमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या ३ लाख ५४ हजार ६६० पुगेको छ । अघिल्ला वर्ष यो संख्या ६२.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८५ हजार ४५३ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार