सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा : अबिरल बर्षाले घर भत्किँदा परिवारकाे बिचल्ली

बाजुरा : अबिरल बर्षाले घर भत्किँदा परिवारकाे बिचल्ली

  • शनिबार, साउन १४, २०७९
बाजुरा : अबिरल बर्षाले घर भत्किँदा परिवारकाे बिचल्ली

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नं ३ धनाल्तमा हिजो राती आएको अबिरल बर्षाले घर भत्किदा ठुलो क्षेती भएको छ  । वडा नं ३ धनाल्त निवासी टिक रावतको घर भत्किएको हो। घर भत्किदा अन्न भाँडाकुँडा र घरको छानोका पडामा क्षेती भएको पिडित रावतले बताए । मानवीय क्षति भने नभएको बताइएको छ पिडित रावतले अब पाल हालेर बस्नुपर्ने बाध्यता रहेको बताए ।मेरो घर भत्कियो ठुलो छेति भयो यसमा स्थानीय निकायले ध्यान दिनुपर्ने पिडित रावतले बताए ।

 स्थानीय बिर बहादुर बुढाले भने बर्षा ले घर भत्किदा अन्न भाँडाकुँडा सबै पुरिएकाे बताएका छन ।अहिले केही बचेका सामान उद्धार गर्न काम भईरहेको बताए ।यस विषयमा सम्बन्धित निकाय को चाँडै ध्यान जानुपर्ने स्थानीय बुढाले बताए।

खप्तड छेडेदह गाउपालिका वडा नं ३का वडा अध्यक्ष बिर्क बहादुर रावतले भने यस विषयलाई गम्भीर भएर हेर्न बताए ।बर्षा ले घर भत्किदा ठुलो छेति भइरहदा राहतको व्यवस्था गर्ने बताए । अध्यक्ष रावतले भने हामी वडाबाट सिफारिस दिन्छौ र राहतको लागि गाउपालिकासंग पहल गर्न बताउनुभयो तर खप्तड छेडेदह गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जोशी ले भने प्रहरी मुचुल्का र वडाको सिफारिस सहित निवेदन पेश गर्यो भने केही क्षतिपुर्ति मिल्ने बताउनुभयो

चर्चामा

सम्बन्धित समाचार