• होमपेज
  • कला /साहित्य
  • कबिता (नागरिकता)

कबिता (नागरिकता)

  • शुक्रबार, साउन ६, २०७९
कबिता (नागरिकता)

राष्ट्रियता भन्दा कुर्सी भयो तिम्लाइ प्रधान,
अल्पमतमा पार्ने भयौं आफ्नै आमाका सन्तान।
पहिले भन्थेउ नागरिकता होइन नुन तेल ,
सत्ता लोभले पारिदियो सत्य वचन फेल ।।

देश रहे रहने हो सत्ता अनि कुर्सी ,
किन मरिहत्ते गर्छौ यत्ति कुरा बिर्सी।
राष्ट्र रहे रहने हो पार्टी अनि नेता,
कालान्तरमा देश फिजी भन्छ ध्यान देउ त्यता।।

व्यापार गर्न गएकाहरु राष्ट्र प्रमुख बने,
त्यो देशका नागरिकरु दाशीको रुपमा झरे।
सियो बनी पसि यिनी निस्कन्छन् हात्ती बनी,
दुनियाका ईतिहास अध्ययन गर्छौ बुझ्दैनौ र यत्ति पनि?

सधैं तिम्लाइ गार्‍हो पर्छ बिदेशी भगाउनलाइ,
बुझि बुझि बुचपचाउछौ सत्ता जोगाउनलाइ।
आफ्नो देशका युवाहरु सधै पराइ देश,
बिदेशीको चलखेल बढाइ देश पार्ने भयौं शेष।।

एम सी सी पास गरेउ ध्वनी मत गरि,
केही दिनमै अमेरिकाले गर्नेछ मनपरी।
अनावश्यक भिउ टाउर बनाएउ रमाइ रमाइ,
जसले गर्दा अर्थतन्त्र घट्यो बस टाउको समाइ।।

भर्खर जन्म्या बच्चाको शिरमा बोकायौ रिणको भारी,
यस्तो चालले जनताले शिर उठाउछौ क्यारी?
बिकाशोन्मुख देशका सरकारले बच्चाहरु पालीदिन्छ,
हाम्रो देशका सासकले रिणमा पारिदिन्छ।।

जनसेवा गरेउ भने तिम्रै हुन्छन् जनता,
नागरिकता बेचि बेचि नजाउ कहि अन्त।
अन्त गई मालिक भाको ईतिहास छैन,
दासी बाहेक पहिचान अरु हुने होइन।।
खुकुलो नागरिकता एेन बन्द गर छिटो,
होइन भने देशैबाट काट्नुपर्ला नेटो।।

।समाप्त ।

चर्चामा

सम्बन्धित समाचार