शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाचार
  • एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ

एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ

  • बिहिबार, साउन ५, २०७९
एसपीपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा ढिलाइ

गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ।

परराष्ट्र मन्त्रालयले अहिले पनि एसपीपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले तत्कालै यसबाट बाहिरिने विषयमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने जनाएको छ। ‘अहिले पनि एसपीपी फ्रेमवर्कअन्तर्गत नेपाललाई सहयोग आइरहेको छ। नेपाललाई आवश्यक पर्ने सहयोग पनि आओस् र एसपीपीबाट पनि बाहिरिन सकियोस् भनेर अध्ययन भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । यस विषयमा परराष्ट्र मन्त्रालयले रक्षा मन्त्रालय र नेपाली सेनासँग पनि सम्पर्क गरिरहेको स्रोतले बतायो। परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपीमा मन्त्रालयले अध्ययन गरिरहेको जानकारी गराइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार